मेयर विद्यासुन्दर शाक्यकाे मेट्रो एफएमभित्र भुत, बेलाबेला हँगामा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूले गरेका विकास निर्माण लगायतका कामको जानकारी आम महानगरबासीहरूलाई दिने उदेश्यले तात्कालीन प्रमुख केशव स्थापितले स्थापना गरेको मेट्रो एफएम ९४.६ मेगाहर्ज भूत घरमा परिणत हुँदै गएको छ ।

एफएम रेडियो जस्तो संवेदनशील क्षेत्र पूर्ण रुपमा नै असुरक्षित छ । रेडियोको प्रशारण कक्षमा जो कोही गएर जे प्रशारण गरिदिए पनि हुन्छ ।

मेट्रो एफएम असुरक्षित स्टुडियोको रुपमा रहेको स्रोतले जनाएको छ । कण्ट्रोल रुपमा कोही पनि हुँदैनन् ।

कुन बेला रेडियो चल्छ कुन बेला बन्द हुन्छ न कर्मचारीलाई थाहा छ, न महानगरपालिकालाई नै । त्यसैले अहिले सभागृहभित्रको भूत घर जस्तै छ, रेडियो स्टेशन ।

हुन त सो रेडियोमा स्थायी र करार कर्मचारी गरी २८ जना कार्यरत छन् । सो कार्यालयमा विभागीय प्रमुख बाहेक अरु कोही पनि भेटिँदैनन् ।

एकाध कर्मचारी बाहेक अधिकांश पत्रकार हाजिर गरेर सबै अन्यत्र काम गर्न पुग्छन् । विहान ५:३० बजे प्रशारण शुरू हुने रेडियोमा हिन्दू प्रवचनका नाममा वीरवलको कथा बज्ने हो कि अरु नै केही बज्छ कसैलाई थाहा हुँदैन । प्रवचन पनि श्रोतालाई बुझ्न कठिन पर्दछ ।

त्यस्तै वौद्ध प्रवचनका नाममा पनि सिरकभित्रै सुतेर फोनबाट प्रत्यक्ष प्रशारण जोडिने गरेको स्रोतले जनाएको छ ।

रोचक कुरा त क हो भने बिहान ६ बजे प्रशारण हुनु पर्ने ‘समाचार सार’ कहिले प्रशारण हुन्छ कहिले हुँदैन थाहा नै छैन ।

प्रशारण भइहाले पनि कुन समयमा प्रशारण हुने हो श्रोता नै अलमल्ल पर्दछन् ।

मेट्रो एफएमबाट अर्को कार्यक्रम प्रशारण हुन्छ, मन्थन । जसले बोल्छ उसैको पार्टीको मुखपत्र बनाइएको छ ।

जातीय विध्वंस फैलाउनेदेखि धर्मका कुरा समेत मन लाग्दोसँग प्रशारण भएको सुन्न सकिन्छ । यो रेडियो हो कि व्यक्तिगत प्यारोडी क्यासेट बुझ्न गाह्रो हुन्छ ।

रेडियोमा नेपाल भाषाको कार्यक्रम पनि प्रशारण हुन्छ । तर, त्यसमा समाजवादी पार्टीका नेता आङ्गकाजी शेर्पाको मुखपत्र जस्तै रहेको टिप्पणी हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाको त कुनै पनि विषय प्रशारण हुँदै हुँदैन । दिनभरि गीत गीत बजाउने गरिन्छ । एफएममा बेला न कुबेलाका गीतहरू बजाइन्छ । एफएममा जेठ महिनामा देउसी भैलोको गीत बजाएपछि हँगामा नै भएको थियो ।

काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि सुधार हुने धेरै कर्मचारीको अपेक्षा थियो । तर, मेट्रो एफएम डराउन निदे भुत घरमा परिणत हुँदै गएको छ ।

मेयर विद्यासुन्दर शाक्यले पनि मेट्रो एफएमका बारेमा सहि निर्णय लिन सकेका छैनन् । एफएममा राजनीतिक पावर लगाएर आएका पत्रकार कर्मचारीहरू भएका कारण उनीहरूलाई काममा लगाउनै समस्या भएको स्रोतले जनाएको छ ।

कर्मचारीहरूको हाजिरी रेकर्ड हेर्ने होभने १० घण्टाभन्दा कम कसैको देखिँदैन । तर, त्यत्रो समय कसले के गर्दछ त महानगरपालिको कुनै पनि अधिकारीले सोध्ने प्रयास गरेका छैनन् ।

केवल हाजिर गर्ने र जागिर पकाउने कार्य बाहेक एफएममा केही हुँदैन । एफएममा विभागीय प्रमुख राज्यप्रकाश प्रधानांङ्ग निरिह बनेर बसेका हुन्छन् ।

‘कसैले टेर्दैैनन् माथिबाट नहेरेसम्म उपलब्धी होला जस्तो छैन’, उनले आफू निकटका केही व्यक्तिहरूलाई गुनासो गर्दै भन्छन्, ‘बरु यी कर्मचारीलाई नियमानुसार अवकाश दिएर पठाउँदा नै उचित हुन्थ्यो ।’

Published : Wednesday, 2019 July 17, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया