अध्यक्ष अन्सारी र यूएनडीपीकी संयोजकबीच भेटर्वार्ता

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग संयुक्त राष्ट्र संघ सहयोग नियोग (यूएनडीपी) अन्तर्राष्ट्रियकी संयोजक सारे नोपले भेटवार्ता गरेकी छिन् ।

ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालयमा सोमबार भएको भेटर्वार्तामा आयोग र यूएनडीपीबीच कसरी सहकार्य गरेर अगाडि बढ्ने तथा विभिन्न कार्यक्रमहरूलाई लक्ष्यमा पुर्‍याउनेबारेमा परामर्श भएको आयोगले जनाएको छ ।

मुस्लिम समुदायको हकहित र अधिकारका लागि आयोगले आफ्ना कार्यक्रमहरूलाई कार्यतालिका बनाएर आगाडि बढ्दै गरेका बेला यूएनडीपीले चासो देखाएको छ ।

भेटवार्तामा शम्भु खनाल, पुष्पा सुनुवारको पनि सहभागिता रहेको थियो ।

Published : Monday, 2019 July 15, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया