जनताको निवेदन बोकेर मन्त्रालय पुगे कांग्रेसका खतिवडा, सचिव पनि सकारात्मक
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाभित्र र ओखलढुंगासँग जोडिएका अबरुद्ध सडकहरू खोल्न केन्द्र सरकारसँग माग गरेका छन् ।
खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर बाढी र पहिरोका कारण अबरुद्ध सडाकहरू खोल्न आग्रह गरेका हुन् ।
कांग्रेसका युवा नेता खतिवडाले मन्त्रालयका सचिव कार्कीलाई बाटो खोल्न माग गरेर लिखित रुपमा निवेदन दिएका थिए । सचिवद्वारा तोक लगाइएको निवेदनलाई खतिवडाले मन्त्रालयमा दर्ता गराएका छन् ।
‘असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण ओखलढुंगासँग सोलुखुम्बु, खोटाङ र तराईका जिल्लाहरूको सम्बन्ध विच्छेद भएका छन्’, निवदेनमा भनिएको छ, ‘सडकहरू भत्किएर अबरुद्ध हुँदा गर्भवती महिला, वृद्धा र बिरामीहरूलाई उपचार गराउन लैजान समस्या भएको छ ।’
‘यी जिल्लामा तराईबाट जाने कटारी–ओखलढुंगा राजमार्ग र राजधानीबाट जाने कटारी–ओखलढुंगा राजमार्ग र राजधानीबाट खुर्कोट–घुर्मी–ओखलढुंगा राजमार्गपूर्ण रुपमा बन्द छ’, उनले भनेका छन्, ‘धरै गाउँमा पहिरो र बाढीले क्षतिग्रस्त बनेको सडकलाई यथाशीघ्र सञ्चालन गर्न युद्धस्तरमा काम थालनी गर्न जरुरी भएको हुँदा संघीय सरकारले नै काम थालनी गर्न यी जिल्लाहरूको नाकाबन्दी अन्त्य गर्न सादर अनुरोध गर्दर्छौं ।’
सचिव कार्कीले निवेदनमा तोक आदेश लगाइदिएर नेपाली कांग्रेसका युवा नेता खतिवडाको मागअनुसारको कामलाई छिटो कार्यान्वयन गर्न योजना महाशाखालाई निर्देशन दिएका छन् । ‘तरुन्त सडक सुचारु गर्न व्यवस्था गर्न लगाउने’, सचिवको तोक आदेशमा भनिएको छ ।
निवेदनमा ओखलढुंगा र आसपासका जिल्लाका सडकहरू खोल्न माग गर्दै नेपाली कांग्रेसका युवा नेता एवम् सांसद खतिवडासँगै अकोशकुमार कार्की, प्रकाश दाहाल, रामचन्द्र बोगटी, पुरुषोत्तम लुइँटेललगायतले हस्ताक्षर गरेका छन् ।
ओखलढुंगाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले अबरुद्ध सडक र बाटोहरू खोल्न चासो नदेखाएपछि नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले भौतिक योजना मन्त्रालयका सचिव कार्कीलाई आफै भेटेर सडक खोल्न माग गरेका हुन् । सचिव कार्कीले पनि ओखलढुंगा र छिमेकी जिल्लासँग जोड्ने सडकहरू यथाशीघ्र खोल्ने आश्वासन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया