सत्ता जोगाउन कम्युनिस्ट सरकार भारतसामु झुक्योः तरुण दल
काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट कम्युनिस्ट सरकार पछि हटेकोमा आपत्ति जनाएको छ ।
तरुण दलले आइतबार विज्ञप्तिमार्फत सत्ता जोगाउन भारतसामु कम्यनिस्ट सरकार झुकेको आरोप लगाएको हो ।
सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफूलको विषादी परीक्षणविना नेपाल भित्र्याउने निर्णय गरेर जनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलबाड गरेको तरुण दलको आरोप छ ।
‘सरकारका यस्ता प्रकारका हचुवामा गरिएका जनविरोधी अपरिपक्व र बलहठबाठ भएका निर्णयहरूबाट एकपछि अर्को विवाद निम्त्याउने र मुलुक र राष्ट्रियता एंव लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ’, तरुण दलले भनेको छ ।
जनताको अधिकार र लामो राजनीतिक संघर्षपछि प्राप्त लोकतान्त्रिक उपलब्धिमाथि नै प्रहार हुने यो निर्णय नसच्चिने हो भने जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी तरुण दलले दिएको छ ।
नेपाल तरुण दलले त्यसबाट हुन जाने परिणामको जिम्मा सरकार नै लिनुपर्ने बताएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया