कांग्रेस मिशन र भिजनसाथ हिँड्नुपर्छः रामचन्द्र पौडेल
भरतपुर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
चितवनमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताए । यस्तो अवस्थामा नेपाली कांग्रेस स्पष्ट दुष्टीकोणसहित अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
पौडेलले राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको बताए । ‘राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो’, उनले भने, ‘यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।’
उनले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताएका छन् ।
फरक प्रसंगमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिए ।
नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै उानले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।’
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले प्रशिक्षण दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया