प्रहरीका छ जना एसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका छ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्टलाई पठाइएको छ ।

महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा झिकाइएको छ ।

गोरखाका एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालयमा झिकाइएको छ ।

कार्यालयभित्रै मदिरा सेवन गरेर प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई गालीगलौज गरेपछि रावल विवादमा तानिएका थिए ।

बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार ईकाइको जिम्मेवारी दिइएको छ ।

Published : Friday, 2019 July 5, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया