कांग्रेस नेता सिटौला गृहमन्त्री हुँदाका भीआइपीलाई पर्‍यो फसाद

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी रमेशचन्द ठकुरी सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका जेल चलान भएका छन् ।

ठकुरीले सजायँ पाएको २ वर्षपछि बिहीबार सर्वाेच्च अदालतमा हाजिर भएका छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

सुडान घोटाला मुद्दामा दुई वर्षअघि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले चन्दसहित पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ लगायतलाई घोटालामा संलग्न प्रहरी कर्मचारीलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

फैसलालगत्तै राणा र गुरुङ लगायत कारागार चलान भएका थिए । चन्द भने फरार थिए ।

बिहीबार आफूमाथि भएको सजाय पुनरावलोकनका लागि बाहिरै बसेर कानूनी लडाइँ लड्ने भन्दै अदालतमा उपस्थित हुँदै निवेदन दिएका थिए ।

सर्वाेच्च प्रशासनले निवेदन अस्वीकृत गरेसँगै उनी फैसला कार्यान्वयनका लागि कारागार चलान भएका हुन् ।

सर्वाेच्चले पूर्वआइजिपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना तथा चन्द र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवानाको सजाय तोकेको थियो ।

सुडान घोटाला प्रकरणका बेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए ।

संसदको राज्य व्यवस्था समितिल तत्कालीन समयमा गृहमन्त्री सिटौलासँग सुडान घोटाला प्रकरणमा पटक–पटक बयान लिएको थियो । राजनीतिक नेतृत्वका कारण सिटौला सुडान घोटाला प्रकरणमा जोगिएका थिए ।

Published : Thursday, 2019 July 4, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया