कांग्रेस नेता दीपक गिरी अमेरिका प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरी ‘नेश्नल कन्भेन्सन ईन नर्थ अमेरिका’ नामक कार्यक्रममा सहभागी हुने अमेरिका प्रस्थान गरेका गरेका छन् ।

नेता गिरी बधबार राति अमेरिका प्रस्थान गरेका हुन् । नेता गिरीसँगै काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत पनि अमेरिका प्रस्थान गरेका छन् ।

जुलाई ५ देखि ७ जुलाईसम्म अमेरिकाको बाल्टीमोरमा हुने कन्भेन्सनलाई नेता गिरीले सम्बोधन गर्न छन् ।

सम्बोधनका क्रममा उनले नेपालको राजनीतिक अवस्था, लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका, संविधान कार्यान्वयनका साथै दुईतिहाइको कम्युनिस्ट सरकारको कामकारबाहीका बारेमा समेत धारणा राख्नेछन् ।

अमेरिका बसाइका क्रममा नेता गिरीले नेपाली कांग्रेस निकटका शुभेच्छुक संस्था र भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरूसँग परामर्श गर्नेछन् ।

नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न भएपछि नेता गिरी अमेरिका प्रस्थान गरेका हुन् । नेता गिरी जागरण अभियानका क्रममा नवलपुर जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका थिए ।

नेपाली कांग्रेसलाई पछिल्लो समय चुनौती थपिएका बेला जागरण अभियानका क्रममा नेता गिरीले नवलपुरका कार्यकर्तालाई उर्जा थप्ने काम गरेका थिए ।

Published : Wednesday, 2019 July 3, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया