अमेरिकामा बस्ने विद्यार्थीद्वारा गोरखाको विद्यालयलाई सहयोग

काठमाडौं । गोरखा जिल्लाको भीमसेन गाँउपालिका ३ , मा रहेको नवज्योति माध्यमिक बिद्यालयमा विपन्न विधार्थी अक्षयकोष स्थापना भएको छ ।

हाल अमेरिकामा बसोबास गर्दै आएका बिद्यालयका भुपु बिद्यार्थी कृष्णप्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सन्चालन गर्दै आएका ६८ जना नेपाली समाजसेवी सामाजिक अभियान्ताहरूबाट ४२ हजार ६ सय ३१ अमेरिकी डलर संकलन गरी बिद्यालयलाई उपलब्ध गराएका हुन् ।

उक्त रकममध्य दुई लाख नेपाली रुपियाँको विपन्न बिद्यार्थी कोष र ८४ हजार नेपाली रकम बराबरको ईसीडीदेखि १० कक्षासम्मका बिद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप १३५ जना बिद्यार्थीलाई झोला वितरण गरिएको बिद्यालयले जानकारी दिएको छ ।

अक्षयकोषको रकमलाई बैक खातामा जम्मा गरी सोही रकमबाट आएको व्याजबाट प्रत्यक वर्ष बिद्यालयको वार्षिक उत्सवमा विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्रीहरू उपलब्ध गराउने बिद्यालयले जनाएको छ ।

बिद्यालयमा मंगलबार आयोजित कार्यक्रममा बिद्यालयका शिक्षक तारानाथ भट्टले बिद्यालयका प्रधानाध्यापक ठाकुर लामिछाने र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद पुडासैनीलाई रकम उपलब्ध गराएका छन् ।

बिद्यार्थीलाई झोला बितरण गरिएको बिद्यालयकी शिक्षिका गीता सिंखडाले जानकारी दिइन् ।

कार्यक्रममा बिद्यालयको तर्फबाट प्रधानाध्यापक लामिछाने र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले भुपु बिद्यार्थीको पहलमा भएको अक्षयकोष निर्माण कार्यमा सहयोग गरेका सम्पूर्ण अमेरिकावासी सहयोगीहरूलाई सदैव बिद्यालयले सम्झिरहने बताए । उनले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

Published : Wednesday, 2019 July 3, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया