भीआइपी जुवा अखडामा करोडको हारजित, राजधानीमा ‘डन’हरू अर्कै धन्दा
काठमाडौं । जुवामा लत परेका धनाढ्यहरूलाई सेटिङमै जुवा खेलाइ एक वर्षमै सडकपतिबाट करोडपति बन्न सफल बनेका छन् काभ्रेली समूहका रोशन लामा, दावा लामा, सत्यमान लामा र काभ्रेलीको भाञ्जा भनेर चिनिने गोरखा लामा पछिल्लो समय गुण्डागर्दीकै कारण प्रहरीको मोस्ट वान्टेडमा परेका दावा लामालाई समेत माथ खुवाउने गरी प्रहरीकै सेटिङमा गुण्डागर्दी र जुवा अखडा सञ्चालन गरी एक वर्षको अवधिमा काभ्रेली समूहका रोशन, दावा, सत्यमान र गोरखा (पूर्वसांसद तीर्थ लामाका भाञ्जा) करोडपति बन्न सफल भएको प्रहरी स्रोत बताउँछ ।
यी चार जना प्रत्येक दिन ठाउँ परिवर्तन गरी जुवा अखडा सञ्चालन गर्दै आइरहेको स्रोतको दाबी छ । उनीहरूले हप्ताको छ दिन नमस्ते अर्थात फेयर गेम खेलाउने र एक दिन छ दिन खेलेर जित्नेलाई सेटिङमै हराउने गरेको जुवा खेल्न जाने पीडितले नाम नछाप्ने सर्तमा बताएका छन् ।
गुण्डागर्दी पृष्ठभूमि भएका रोशन, दावा, सत्यमान र गोरखाले कौडामा रिमोट सिस्टम अनुसार चल्ने बनाइ सेटिङमै करोडौँ रुपियाँ हारजित गराउने गरेको लामा थरका एक जुवाडले बताए ।
यी चार जनाले स्थानीय प्रहरीलाई सेटिङ मिलाइ निर्धक्कसँग जुवा सञ्चालन गर्दै आइरहेका छन् । यिनीहरूले सीतापाइला अपार्टमेन्ट एक नम्बरको फ्लाइट नं. २, सोह्रखुट्टे, बालाजु, कीर्तिपुर, ललितपुरको हात्तीबनसँगै जोडिएको सिटीस्केप अपार्टमेन्टमा मिनी क्यासिनो कै शैलीमा जुवा अखडा सञ्चालन गर्दै आइरहेका छन् ।
यिनीहरू केही वर्ष अगाडि प्रहरीको मोस्टवान्टेड सूचीमा समेत रहेका थिए । तत्कालीन काठमाडौं प्रहरी परिसरका प्रमुख बिक्रम सिंह थापाको खोजी सूचीमा रहेका यिनीहरू भूमिगत भएको प्रहरी स्रोत बताउँछ । पछि एसएसपी थापाको अवकासपछि उनीहरू प्रहरीकै सेटिङमा निर्धक्कसँग जुवा सञ्चालन गर्दै आइरहेका छन् । यिनीहरू एक वर्षको अबधिमा करोडौंको मालिक बन्न सफल बनिसकेको उनीहरू निकट स्रोत बताउँछ ।
यी चार जुवाडले पुर्ख्याैली घर सिन्धुली भएका हाल काठमाडौंको कपन बस्ने राजु दाहालबाट सेटिङकै जुवाबाट दुई करोड रुपियाँ कुम्ल्याएपछि अहिले सेटिङ जुवामा राजु दाहाललाई पनि दश प्रतिशतको हिस्सेदार बनाइ काठमाडौंमा जुवा अखडा बनाइ आइरहेको स्रोत बताउँछ ।
राजु दाहाल जग्गा व्यवसायी हुन् । यिनले कपन, बौद्ध, जोरपाटी लगायतका स्थानमा जग्गा प्लटिङ गर्छन् भने अन्य समय जुवा खेलाउने र खेल्ने धन्दा गर्दै आइरहेको एक जना जग्गा व्यवसायीले बताए ।
त्यसै गरी सेटिङमा जुवा खेलाएर ललितपुर ठेँचोका कान्छा बस्नेतको गएको दशैँ र तिहारको बीचमा एक करोड पचास लाख रुपियाँ लगेका थिए ।
त्यसपछि ठेँचोकै प्रेम मगरको सेटिङमा रोशन, दावा, सत्यमान र गोरखासँग सहमति गरी कान्छा बस्नेतलाई दश प्रतिशतको हिस्सेदार बनाइ सेटिङमै जुवा खेलाइ धेरैको घरबार बिहीन समेत बनाइदिएको गुनासो उनीहरू निकट व्यक्तिहरू बताउँछन् ।
कान्छा बस्नेत ललितपुरका जुवा एजेन्टका रुपमा चर्चित छन् । कान्छा बस्नेतका व्यापारिक पार्टनर युनाइटेड ऐकेडेमीका मालिक द्रीपप्रसाद चाम्लिङलाई सेटिङमै जुवा खेलाइ केही महिना अगाडि दुई करोड रुपियाँ हराएको चाम्लिङ नजिकका जुवाडेले बताए ।
त्यसैगरी सेटिङमै जुवा खेलाइ बौद्धका मानबहादुर लामा, कपनका भट्टराई लगायतका व्यक्तिबाट दश करोड कुम्ल्याउन सफल भइसकेका छन् ।
केही महिना अगाडि कपनका भट्टराई थरका व्यक्तिलाई सेटिङमै जुवा खेलाइ करोडौँ रुपियाँ हारेको र त्यो पैसा तिर्न नसकेपछि रोशन र गोरखाले ज्यानै मार्ने धम्की दिन थालेपछि ती भट्टराई थरका व्यक्तिले कपनकै १५ आना जग्गा चाबहिल मालपोतबाटै केही महिना अगाडि रोशन र गोरखाको नाममा पास गरेर दिएको बताइन्छ ।
स्मरणीय छ ठेचोका कान्छा बस्नेत लगायतका जुवाडेहरूलाई सात दोबाटो प्रहरीले गत वर्ष जुवा खेलीरहेकै अवस्थामा करीव नगद पाँच लाखसहित रंगहाते पक्राउ थियो । पक्राउपछि सातदोबाटो प्रहरीले म्याद थप गरेपनि सोही दिन पैसाकै चलखेलमा तत्कालीन डिएसपी विनोद सिलवालले रातारात गरी मुद्धाको फाइल पेस गरी सोही दिन छुट्न सफ लबनेका थिए ।
हालका सातदोबाटो प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले पनि बस्नेतको जुवा अखडाबाट मासिक दस्तुरी लिएर संरक्षण गर्दै आएको आरोप छ । साँघु साप्ताहिकबाट
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया