कम्युनिष्टको लालकिल्लामा कांग्रेसले चलायो निःशुल्क स्वास्थ्य शिविर
धादिङ । नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी र नेबिसंघका नेता दिनेशचन्द्र थपलियाको विशेष पहलमा गजुरी गाउँपालिकाको वडा नम्बर ५ पिंडामा निःशुल्क स्वास्थ्य शिविर चलाइएको छ ।
शिविरबाट दुई सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य उपचार गराएका छन् ।
कम्युनिष्टहरूको गढका रुपमा चिनिएको गजुरी गाउँपालिका ५ को पिंडामा अधिकारी र थपलियालो चिकित्सक र औषधिसहित निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।
गजुरी गाउँपालिकाका पिंडा नेकपाका नेता एवम् प्रदेश ३ का गृहमन्त्री शालिकराम जमरकटेलको जन्मस्थल हो । मन्त्री नै भएपनि यो गाउँपालिकाको पिंडामा विकास हुन सकेको छैन ।
विद्यार्थी नेता थपलियाले कम्युनिष्टहरू कतिसम्म विकास बिरोधी हुन्छन् भन्ने नमूना हेर्न पिंडा आउनुपर्ने बताउँछन् ।

पिंडा–गजुरी माविको प्राङ्गणमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्ने क्रममा पूर्व सांसद समेत रहेका अधिकारीले स्वास्थ्य उपचारबाट कोही पनी बञ्चित नहोउन भनेर नेपाली कांग्रेस सचेत रहेको बताए ।
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई स्ट्रेक्चरमा बोकेर समेत ल्याइएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाका निजी सहयोगी समेत रहेका नेविसंघका नेता थपलियाले जानकारी दिए ।
उनले भने, ‘पिंडाको पीडा आफ्नै खालको छ । प्रदेशका मन्त्रीको गाउँमा विकास हुन सकेको छैन । गाउँका जनताले दुःख पाएका छन् ।’
स्वास्थ्य सचेतना अभियानको प्राविधिक सहयोगमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगंजमा अध्ययनरत विद्यार्थीले स्वास्थ्य शिविर चलाएका हुन् ।

यो संस्थाले देशका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको डा.मदन केसीले जनकारी दिए ।
शिविरमा सहभागी कांग्रेस निकट स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य मीनराज पन्थीले पृथ्वी राजमार्गको नजिक भएर पनि यति धेरै बिरामीहरू स्वास्थ्य परीक्षणमा आएको देख्दा आफूलाई अचम्म लागेको बताए ।
शिविरमा २ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पण्डितले जानकारी दिए ।
शिविरमा नेपाली कांग्रेसका क्षेत्रीय सचिव अर्जुन न्यौपाने, कांग्रेस गजुरी गाउँपालिकाका संयोजक भूमि कँडेल, नेविसंघ धादिङका नेता विकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया