नेकपाका ‘अरिँगाल’हरूलाई कारबाही गर्न कांग्रेसको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले गत असार १० गते कञ्चपुर जिल्ला पुर्नवास नगरपालिका–१० स्थित डोकेबजारमा शान्तिपूर्ण रुपले विरोध गरिरहेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्तालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलले गम्भीर अपत्ति प्रकट गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालृष्ण खाँणले बिहीबार विज्ञप्ति जारी गरेर संविधानमा व्यवस्था भए अनुसार स्वतन्त्रतापूर्वक विचारहरू व्यक्त गर्न पाउनु र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु सबै नागरिको हक अधिकार रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘आम नागरिकको शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकारलाई कसैले पनि कुण्ठित गर्न पाउँदैन ।’
‘शान्तिपूर्ण ढंगले विरोध प्रर्दशन गरीरहेको अवस्थामा सत्ता र सुरक्षा निकायको आडमा सत्तारुढ दलका समर्थकहरुले अमानवीय तरिकाले नेपाली कांग्रेसका कार्यकर्ता माथि संघातिक हमला गरी घाइते बनाउनु अत्यन्त निन्दनीय कार्य हो’, उनले भनेका छन, ‘यस कार्यप्रति नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।’
प्रमुख सचेतक खाँणले भनेका छन्, यस्ता अपराधिक घटनमा संलग्न सबै दोषीलाई तत्काल कानूनी कार्वाही गर्न सरकारसँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’
‘उक्त घाटनामा घाइते हुनु भएका नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं. २ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्द लगायतका सम्पूर्ण महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’, खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदा नेकपाका कार्यकर्ताहरूले नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूसहितका नेता तथा कार्यकर्तालाई सांघातिक आक्रमण गरेका थिए । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया