फेक मुठभेड नगर्न कम्युनिस्ट सरकारलाई कांग्रेस सांसद देवकोटाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलसँग वार्ता र सम्वादमार्फत समस्याको समाधान गर्न सुझाव दिएकी छिन् ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद देवकोटाले फेक इन्काउन्टरका नाममा व्यक्ति हत्या गर्न नहुने बताइन् । उनले सर्लाहीमा मुठभेडका नाममा विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या भएको समाचारबारे सत्यतथ्य बाहिर आउनुपर्ने माग गरिन् ।

‘यो सरकारले समस्याको समाधान वार्ताबाट खोज्ने हो कि राज्य आतंकबाट ?’, उनले भनिन्, ‘सर्लाहीमा कुमार पौडेलको मुठभेडको नाटक गरेर सरकारले हत्या गरेको भन्ने कुरा आएको छ । सत्य कुरा के हो ? सरकार राज्य आतंकमा लागेको हो कि ? वार्ता र सम्वादबाट समस्या समाधान खोज्न लागेको छ जानकारी पाउँ ।’

Published : Tuesday, 2019 June 25, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया