कम्युनिस्ट सरकारको दमनमा परेका नर्सहरूलाई कांग्रेसले साथ दियो
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विभिन्न माग राखेर अनसनरत नर्सहरूको आन्दोलन सम्बोधन गर्न माग गरेको छ ।
कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर नर्सहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माग पूरा गर्न कम्युनिस्ट सरकारलाई दवाव दिएको हो ।
‘स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरूले आफ्नो पेशागत हक, हितको संरक्षण, न्यूनतम सेवा तथा सुविधाको माग राखी संघर्षको कार्यक्रम गरेको आज दशौँ दिन वितिसक्दा पनि राज्यले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
अनसनमा बसेका नर्सहरूको स्वास्थ्य स्थिति बिग्रदै गएको तर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद् विषय भएको कांग्रेसको भनाइ छ ।
‘यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।
कम्युनिस्ट सरकारले नर्सहरूको माग पूरा गर्नुभन्दा पनि दमनमा उत्रिएको आरोप छ । सरकार दमनमा उत्रिएका बेला कांग्रेसले नर्सहरूलाई साथ दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत