मोटरसाइकलमा नयाँ नियम आउँदै, अब झञ्झट हुने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी रामशाह पथले दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउन लागेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने नियम शुरू गर्न लागेको जानकारी दिएको हो ।
दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट नलगाई पछाडि बस्ने बढी मृत्यु र घाइते हुने गरेकाले दुवैलाई हेल्मेट अनिवार्य गरिएको महाशाखा प्रमुख एसएसपी बसन्तुकुमार पन्तले बताए ।
महाशाखाले ऐनमा संशोधन गरी हेलमेट अनिवार्य व्यवस्था गर्न यातायात व्यवस्था विभागलाई अनुरोध गरेको जनाएको छ ।
महाशाखाले उपत्यकामा सवारी चाप कम गर्न मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सनलगायत महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने पन्तले जानकारी दिए ।
महाशाखाले नियम मिचेर सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नु नपर्ने व्यवस्था गर्न लागेको छ ।
ट्राफिक प्रहरीले इ चलानीमार्फत नियम उल्लंघन गर्ने चालकलाई चिट दिएपछि इ पेमेन्ट गर्न सकिने पन्तले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत