कम्युनिस्टहरूसँग लड्न कांग्रेसभित्र बलियो एकता गरौँः बालकृष्ण खाँण (तस्वीर)
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान कम्युनिस्ट सरकार निरंकुश बन्दै गएका कारण कांग्रेसले आफूलाई तयारी हालतमा राख्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस जन जागरण अभियान कार्यक्रम अन्तर्गत काठमाडौंको निर्वाचन क्षेत्र नं. ३ मा शनिबार आयोजित कार्यक्रममा खाँणले कांग्रेसले कम्युनिस्टहरूको कुनै पनि प्रकारको अधिनायकवाद स्वीकार नगर्ने बताए । उनले देश, जनता र लोकतन्त्रको रक्षाका लागि कम्युनिस्टहरूसँग एक पटक संघर्ष गर्नुपर्ने बेला आएको उनले बताए ।
कांग्रेस नेता खाँणले कांग्रेसका नेताहरू एकजुट भएर जानुपर्ने बताए । ‘कांग्रेसका केन्द्रीय नेताहरू मिलेपछि कार्यकर्ताहरूको मनोबल उच्च हुन्छ’, उनले भने, ‘हामीभित्रै फुट हुने हो भने कम्युनिस्टहरूको मनोबल अझै उच्च भएर अधिनायकवादी दमनमा उत्रिनेछन् ।’
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य, काठमाडौं जिल्लाका केन्द्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत