कांग्रेस नेतृ उपाध्यायले भित्र्याइन् सर्लाहीमा नेकपाका थुप्रै कार्यकर्ता (तस्वीर)

सर्लाही । नेपाली कांग्रेसकी नेतृ एवम् केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध एकजुट भएर संघर्ष गर्ने बेला आएको बताएकी छिन् ।

सर्लाही जिल्लामा जागरण अभियानअन्तर्गत विभिन्न स्थानहरूमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ उपाध्यायले कम्युनिस्टहरूलाई दुई तिहाइको दम्भ पलाएको बताइन् ।

‘दुई तिहाइको दम्भले कम्युनिस्टहरूले देशमा अधिनायकवाद ल्याउँदै छन् । अधिनायकवादी शासन सत्ता चलाउने अभियानअनुसार स्वतन्त्र प्रेसमाथि प्रहार भएको छ’, उनले भनिन्, ‘नेपाली कांग्रेसले संविधानले दिएको अधिकार कटौती गर्ने कम्युनिस्टहरूको योजनालाई कुनै पनि हालतमा मान्दैनौँ ।’

नेतृ उपाध्याय सर्लाही जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएकी छिन् । उनले एक हप्तादेखि निरन्तर जागरण अभियान चलाउनुका साथै स्थानीय नेता तथा कार्यकर्ताहरूसँग कांग्रेसको संगठन निर्माणका बारेमा परामर्श गर्दै आएकी छिन् ।

सर्लाहीको कडौना गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतका स्थानमा पनि जागरण कार्यक्रम भएका छन् ।

कांग्रेसको जागरण अभियान अन्तर्गत कांग्रेस नेतृ उपाध्यायले सर्लाही जिल्लामा सत्तारुढ नेकपासहित विभिन्न दल परित्याग गरेका दुई सयभन्दा धेरैलाई नेपाली कांग्रेसमा प्रवेश गराएकी छिन् ।

Published : Saturday, 2019 May 18, 12:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया