शेरबहादुर मुर्दावाद भन्नेहरूले प्रचण्डलाई भोट हालेः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडामा चुनाव जित्ने र हार्नेबीच बोलचाल नै नभएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफ्नै पार्टीलाई हराउनु बहादुरी मान्ने र जिताउन सहयोग नगर्ने गरेको बताए ।
सभापति देउवाले कांग्रेस यसअघि पनि हारेको बताए । तत्कालीन एमाले र माओवादी मिल्दा कांग्रेस हारेको उनले बताए ।
यसअघि हार्दा चुइक्क बोल्न नसक्नेहरू आफ्नाविरुद्ध खनिएको भन्दै उनले यसलाई पार्टीमा प्रजातन्त्र आएको बताए ।
प्रचण्डसँग कुरा गर्न कृष्ण सिटौलालाई समेत पठाएको तर, तपाईका कार्यकर्ताले हामीलाई भोट नै हाल्दैनन् भनेर नमानेको कांग्रेस सभापति देउवाले बताए ।
उनले अघि भने, ‘हिजो प्रचण्डको छोरीलाई भोट हालौं भन्दा जसले शेरबहादुर मुर्दावाद भन्ने उनीहरू नै प्रचण्डलाई जिताउन लागे ।’
निर्वाचनमा पार्टीलाई हराउनेहरु बलशाली हुँदा पार्टी संकटमा फसेको उनको तर्क थियो ।
आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत