राजनीतिक पूर्वाग्रही नबन्न कांग्रेस सांसद देवकोटाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले राजनीतिक पूर्वाग्रही विना नयाँ बजेट ल्याउन सुझाव दिएकी छिन् ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा प्रि–बजेटमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सांसद देवकोटाले राजनीतिक पूर्वाग्रही भएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट बिनियोजन नगरिएको बताइन् ।

‘कांग्रेसका पालामा आएका कार्यक्रम र योजनाहरूमा बजेट कटौती गर्ने कार्यले ठूलो समस्या उत्पन्न गरेको छ’, उनले भनिन्, ‘कुनै पनि राजनीतिक पूर्वाग्रह गर्नु हुँदैन ।’

बजेट अभावका कारण दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संकटमा परेको सांसद देवकोटाले बताइन् ।

उनले अर्थमन्त्रीको विज्ञताअनुसारको नीति तथा कार्यक्रम आउन नसकेको पनि बताइन् ।

‘नेकपाको दवावमा हुनुपर्छ । राष्ट्रपतिद्वारा संसदमा पेश गरिएको नीति तथा कार्यक्रम अर्थमन्त्रीको विज्ञताअनुसार भएको छैन’, उनले भनिन्, ‘बजेट राम्रो आउनुपर्छ । प्रधानमन्त्री र मन्त्री भएको ठाउँमा मात्रै बजेट थुपार्ने काम हुनु हुँदैन ।’

कांग्रेस सांसद देवकोटाले प्राथमिकता र सिद्धान्तको आधारमा बजेट आउनुपर्ने बताइन् ।

Published : Friday, 2019 May 17, 7:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया