कांग्रेसद्वारा कम्युनिस्टहरू छक्कै पर्ने कार्यक्रम घोषणा, देशभरि प्रशंसा

काठमाडौं । कम्युनिस्ट सरकार अधिनायकवादी भएको भन्दै देशभरि जागरण अभियान शुरू गरेको नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा ‘कांग्रेस मेला’ कार्यक्रमा गर्ने निर्णय गरेको हो ।

कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय पनि गरेको छ । नेपाली कांग्रेसले कार्यक्रमहरू घोषणा गरेपछि शुभेच्छुक र कार्यकर्ताहरू खुसी भएका छन् ।

जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते बिहान प्रभातफेरी, साँझ दीप प्रज्वलन र १६ गते संघीयताको कार्यान्वयन विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय गरिएको नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूका लागि २ दिने प्रशिक्षण कार्यक्रम गर्ने, क्रियाशील सदस्यहरूका लागि १ दिने आधारभूत प्रक्षिण दिने निर्णय प्रतिष्ठानले गरेको छ ।

कम्युनिस्टहरूले नेपाली कांग्रेस समाप्त भयो भनेर टिप्पणी गरिरहेका बेला कांग्रेसले आफूलाई विभिन्न कार्यक्रमहरूमार्फत सक्रिय बनाएको छ । कांग्रेस पछिल्लो समय जिल्ला र गाउँ केन्द्रित हुँदै कार्यक्रमहरू गरेपछि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरू छक्कै परेका छन् ।

000

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
जेठ ३, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा आज सम्पन्न भयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले बैठकका प्रस्तावहरुका सम्बन्धमा जानकारी गराउनु भयो र सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ :

१. ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

२. नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

३. नेपाली कांग्रेसले केन्द्रीय स्तर (काठमाडौं) मा र देशका अन्य भागमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने ।

४. जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौँंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने ।

५. जिल्लाहरुमा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाउने ।

मुक्ति आचार्य
सचिव

Published : Friday, 2019 May 17, 6:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया