कम्युनिस्ट सरकारद्वारा विद्यार्थी नेताहरू पक्राउ

काठमाडौं । पक्राउ परेका विद्यार्थी नेता छाड्न नेविसंघसहितका विद्या नेताहरूले माग गरेका छन् ।

नेपाल विद्यार्थी संघसहित ११ विद्यार्थी संगठनको आयोजनामा भइरहेको ‘५५औं विद्यार्थी एकता दिवस तथा विरोधसभा’ स्थल शान्ति बाटिकाबाट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरू पक्राउ परेपछि रिहाइको माग गरिएको हो ।

नेविसंघका नेता ऋषिकेशजंग शाहका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी)का नेता प्रेम शाही, मदन चन्द र नरश्वर वुमीलाई गिरफ्तार गरिएको छ । उनले सो घटनाको घोर विरोध एवं भत्सर्ना गरिएको जनाएका छन ।

११ विद्यार्थी संगठनहरूले बिनासर्त उनीहरूलाई तत्काल रिहाइको माग गरेका छन । कम्युनिस्ट सरकारका यस्ता खाले गतिविधिको विरुद्धमा उत्रन सम्पूर्ण विद्यार्थी साथीहरूलाई अपीलसमेत गरिएको शाहले बताए ।

‘त्रिवि सेवा आयोगको अनियमितताको सवालमा सरकार गम्भीर एवं इमानदार भई पारदर्शी ढंगले प्रस्तुत हुनुको सट्टा गत वैशाख ३० गते हेमराज थापालगायतका विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएकोप्रति पनि घोर विरोध एवं भत्सर्ना गरिएको छ’, नेविसंघका नेता शाहले भनेका छन ।

Published : Thursday, 2019 May 16, 10:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया