चीनलाई तनाबका दिन शुरू, ‘सिआइए’ र ‘रअ’को डिजाइनमा कम्युनिस्ट सरकार

काठमाडौं । केपी ओली नेतृत्वको दुई तिहाइको कम्युनिस्ट सरकारले देशमा अमेरिकी र भारतीय सेना र विमानहरूका लागि भविष्यमा सजिलो पार्ने गरेर सडकहरूमा आपत्कालीन विमानहरू अवतरण गर्ने योजनाका साथ कार्यक्रम बनाएको आरोप लागेको छ ।

ओलीका आलोचकहरूले ‘देशमा इण्डो प्यासिफिक मिसनअन्तर्गत अमेरिकी युद्ध विमानहरू सडकमै आपत्कालीन अवतरण गर्न शुरू गर्ने कुरा नेपाल सरकारको नीति कार्यक्रममै आएको’ भनेका छन् ।

भारतको गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले नेपालमा आफू अनुकूलका संरचना बनाउन ओली सरकारलाई घुमाउरो शैलीमा दवाव दिँदै आएको स्रोतको भनाइ छ । चीनलाई घेराउ गर्न भारत र अमेरिकालाई नेपाल नै उपयुक्त स्थान मानिन्छ ।

हुन पनि धेरै नेपालीहरू जहाजमा यात्रा गर्दैनन् । नेपालमा जहाजको यात्रा महँगो छ । जहाजमा भन्दा पनि सडकबाटै धेरैले यात्रा गर्छन् । यस्तो अवस्थामा विमानलाई आपत्कालीन अवतरण गर्ने गरेर सडकलाई नै विमानस्थल बनाउने कुरा नेपालको सन्दर्भमा उचित नभएको टिप्पणी भएको छ ।

अमेरिकीहरूकै दवावमा ओली सरकारले सडकलाई विमानस्थल बनाउन थालेको चर्चा भएको छ । ओलीले पनि विमानहरूलाई आपत्कालीन अवतरण गर्दा सजिलो होस् भनेर सडकलाई विमानस्थल बनाउन थालेको बताएका छन् ।

नेपाली कांग्रेसका सांसदहरूले सडकलाई विमानस्थल बनाउन लागेको हो कि विमानस्थललाई सडक बनाउन लागेको हो भनेर ब्याङ्ग्य गरेका छन् ।

नेपालका सडकहरू अहिले पनि दुर्घटनाका उच्च जोखिममा छन् । ती सडकहरूको मर्मत सम्भाव गर्नेभन्दा पनि ओली सरकारले विदेशीहरूको डिजाइनमा योजना ल्याएको भन्दै आलोचना भएको छ ।

राजधानीभित्रकै कलंकी–नागढुंगा सडक चार–पाँच वर्षदेखि पूरा हुन सकेको छैन । यस्ता सडकहरू देशभरि थुप्रै छन् । ती सडकहरूको स्तरवृद्धिभन्दा ओली सरकारलाई सडकमा विमानको आपत्कालीन अवतरणमा चासो जानुलाई धेरैले आशंका जनाएका छन् ।

नेपालीहरूलाई आवश्यक पर्नेभन्दा पनि अरुको इच्छामा कार्यक्रम र योजनाहरू नीति तथा कार्यक्रममा परेको नेपाली कांग्रेसका नेताहरूको भनाइ छ ।

पानीजहाज नेपाललाई भन्दा पनि भारतलाई आवश्यक छ । नेपालका सबै नदीको पानी भारतको रिभर लिङ्क आयोजनामा सघाउ पु¥याउन ओली सरकारले पानीजहाजको कुरा ल्याएको आरोप छ । नेपालले आफ्ना सबै नदीहरू डाइभर्सन गर्ने गरेर योजना बनाइ सकेको छ ।

Published : Tuesday, 2019 May 14, 10:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया