धान र गहुँ नचिन्ने अर्थमन्त्री बनाएर गल्ती भयोः प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद सदस्य प्रदीप गिरीले विगतमा कांग्रेस पार्टीले गलत व्यक्तिलाई अर्थमन्त्री बनाइ नेपालको अर्थतन्त्र विगारेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गिरीले पिएचडी गरेका तर, धान र गहुँको फरक नजान्ने व्यक्तिलाई अर्थमन्त्री बनाएर नेपाली कांग्रेसले गल्ती गरेको भन्दै तत्कालीन नेतृत्वको आलोचना गरे ।

अर्थमन्त्रीको विशेषज्ञताबारे धारणा राख्दै गिरीले भने, ‘पीएचडी गरेका, विदेश पढेर आएका तर नेपालको हकमा चाहीँ गहुँ र धानको फरक छुट्याउन नसक्ने, नेपालका हकमा प्याजलाई पानी चाहिन्छ कि चाँहिदैन आलुलाई पानी चाहिन्छ की चाहिँदैन यो कुरा भन्न नसक्ने हाम्रा सरकारका पालामा मन्त्री भए ।’

उनले वीपीले युरोप, अमेरिकाको अर्थतन्त्रको मोडल नेपालमा उपयुक्त नभएको स्पष्ट पारे पनि कांग्रेसका नेताले सकभर अमिरिकामा र जर्मनीमा पिएचडी गरेको व्यक्ति खोजेर अर्थमन्त्री बनाउनु गल्ती भएको बताए ।

वीपीको सिद्धान्तलाई बेवास्ता गरी कांग्रेसकै प्रधानमन्त्रीले नेपालमा तथाकथित आधुनिकीकरण, तथाकथित विकास, तथाकथित वृद्धिदर जस्ता अंग्रेजी सिद्धान्त भित्र्याएको कांग्रेसका सांसद गिरीले आरोप लगाएका छन् ।

अर्थमन्त्रीलाई सुझाव दिँदै नेता गिरीले नेपालको आर्थिक मोडल नेपालका लागि सुहाउँदो बनाउन आग्रह गरेका छन् ।

सामाजिक न्याय र आर्थिक वृद्धिदर भन्ने कुरा विपरित कुरा भएकाले एकतिर मात्रै लाग्न उनले अर्थमन्त्रीलाई आग्रह गरे ।

नेपालले संसारमा चलिरहेको भन्दा फरक धाराको दिगो अर्थव्यवस्था विकास गर्नुपर्ने धारणा गिरीको छ ।

‘संसारमा जुन धारा चलिरहेको छ, नेपालले वैकल्पिक धारा ल्यायो, दिगो अर्थव्यवस्थाको बाटो देखायो भने नेपाल तेस्रो विश्वको लागि उदारण बन्छ’, गिरीले भने ।

Published : Tuesday, 2019 May 14, 8:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया