कांग्रेसका कार्यकर्ताहरूको घरमा आयो उत्साह र उर्जा
काठमाडौं । नेपाली कांग्रेसले वैशाख २५ गतेदेखि शुरू गरेको जागरण अभियानबाट उत्साह र उर्जा थपिएको छ ।
संगठन सुदृढीकरण, आन्तरिक एकता र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्न नेपाली कांग्रेसले ७७ वटै जिल्लामा जागरण अभियान चलाएको हो ।
जागरण अभियान कांग्रेस नेतृत्वले सोँच अनुसार चल्न सकेको छैन । केन्द्रीय नेताहरूभित्रको विवाद र द्वन्द्वका कारण जागरण अभियानलाई समस्यापरेको छ ।
जागरण अभियानमा कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । अभियान एक महिना चल्नेछ ।
अभियानभरि छरितो भेला, सदस्यता वितरण व्यापक बनाउने, स्वदेश र विदेशका सबै तहमा बृहत्तर रूपले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कांग्रेसको योजना छ ।
संघर्षकालका ऐतिहासिक घटनास्थलहरूमा पुगेर श्रद्धा र प्रेरणा कार्यक्रम गर्ने, पार्टीका पुराना अग्रजहरूलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाब लिने काम पनि अभियानका क्रममा गरिनेछन् ।
सरकारका गलत कामको भण्डाफोरलाई स्थानीय तहसम्मका नेता–कार्यकर्ता पंक्तिमा पुर्याउने गरी कांग्रेसका कार्यक्रम लक्षित छन ।
अभियानमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघसहितका सबै भ्रातृसंस्थालाई पनि सक्रिय हुन पार्टीले निर्देशन दिएको छ ।
महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानले गरेका प्रावधानबारे पार्टी कार्यकर्ता र आमशुभचिन्तकलाई प्रस्ट पार्ने घोषणा कांग्रेसले गरेको छ ।
राष्ट्रव्यापी रूपमा पार्टीपंक्तिमा एकता, समन्वय, हार्दिकता बढाउँदै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउन पार्टीपंक्तिमा जागरण अभिवृद्धि गर्ने जनाएको छ ।
समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणालीबारेकै विमतिसमेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस अघि बढाउने योजना बनाएको छ ।
जनता, मतदाता र कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरूबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवाद गराउने योजना पनि कांग्रसले अघि सारेको छ ।
कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ, नगर, टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने उदेश्य रहेको छ ।
कांग्रेसको नेतृत्वमा हासिल भएको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामलाई नागरिक तहमा सम्प्रेषण गर्ने उदेश्य रहेको छ ।
वर्तमान सरकारका अनेक भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आमनागरिकमा प्रस्ट्याउने घोषणा कांग्रेसको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजना विदेशीलाई दिइएको, वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचारको विषय आउँदा पनि सरकारले छानबिनलाई कमजोर बनाएको विषय नेताहरूले कार्यकर्ता समक्ष उठाउनेछन् ।
तराई–मधेसलगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिको समाधान सूत्र विगतमा कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्तावमा आवश्यक जनमत र वातावरण निर्माण गर्न दबाब दिने कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा अपरिपक्वता देखिएको, सेयर बजारप्रति नकारात्मक व्यवहार र आशंका उब्जिएको, बौद्धिक समुदायप्रति अबौद्धिक टिप्पणीहरू गरिएको, अपमानजनक घटना भएको भन्दै सरकारका गलत रबैयालाई नागरिक तहमा लाने चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित बेथितिले गर्दा मुलुकको छविलाई नै असर पारिरहेको तर्क कांग्रेसको छ ।
२५ वैशाखमा अभियान उद्घाटन गर्न केन्द्रीय प्रतिनिधिहरू जिल्ला पुगेका थिए ।
सबै प्रतिनिधि आफ्ना जिल्लामा मात्र केन्द्रित छैनन् । आफू पुगेको जिल्लामा अभियानअन्तर्गतको कार्यक्रम राखेर उनीहरू छिमेकी जिल्लाका कार्यक्रममा पनि व्यस्त हुन थालेका छन् ।
एउटै जिल्लामा सीमित हुनुको सट्टा अभियानभन्दा अलग तालिका बनाएर पनि उनीहरू सक्रिय छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत