ओलीजीको भाषणले जनताको भोको पेट भरिदैनः रामहरि खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लाको विकासका लागि सबैले हातेमालो गरेर गर्नुपर्ने बताएका छन् ।
विकासको नेतृत्व कांग्रेसले गर्ने उनले बताए । ओखलढुंगाको खिजीदिम्बामा आइतबार फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ओखलढुंगा जिल्लाको विकासमा तेरो र मेरो गर्न नहुने बताए । उनले कम्युनिस्टहरूलाई विकासमा अबरोध नगर्न आग्रह गरेका छन् ।
‘ओखलढुंगाको विकासमा पछिल्लो समय धेरै उत्साहजनक काम हुन सकेको छैन । कम्युनिस्ट पार्टीबाट जितेर गएका माननीयज्यूहरूले केही पनि गर्न सक्नु भएन’, उनले भने, ‘बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्छ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिबाट जनताहरू दिक्क भएको युवा नेता खतिवडाले बताए । ‘प्रधानमन्त्रीजीले बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्छ’, उनले भने, ‘धेरै बोल्नुभयो प्रधानमन्त्रीज्यू अब काम नर्गुस् । तपाईको भाषणले देश विकास हुँदैन । जनताको भोको पेट भरिदैन ।’
प्रदेश .१ का प्रदेश प्रमुख गोविन्दकुमार तुम्बाहाम्फेले ओखलढुंगाको विकासमा मुख्यमन्त्रीसँग कुरा गरेर कार्यक्रमहरू राख्न आग्रह गर्ने आश्वासन दिए ।
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगद् कटुवालले जनप्रतिनिधिहरूले ओखलढुंगाको विकासमा धेरै ध्यान नदिएको बताए । ‘पहिलाका जनप्रतिनिधिले जस्तो अहिले काम गर्न सकेका छैनन्’, उनले भने, ‘जिल्लाको विकासमा हामी सबै मिलेर काम गर्नुपर्छ ।’
कार्यक्रममा ओखलढुंगाबाट प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सांसद, अमिरबाबु गुरुङलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत