कांग्रेस हराउनेहरूविरुद्धको छानविन शुरू, अन्तरघातीहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले उजुरीमाथि छानबिन शुरू गरेको छ ।

गत वर्ष भएको संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टीका आधिकारिका उम्मेदवारलाई हराउन र पार्टीहित विपरीत काम गर्नेविरुद्ध उपरेको उजुरीमाथि अनुशासन समितिले सोमबारदेखि छानबिन शुरू गरेको हो ।

भीष्मराज आङदाम्बेको अध्यक्षतामा समिति गठन भए पनि गएको चैत १२ गते पार्टी नीति विपरीत काम गर्नेको सूचना दिन आह्वान गरेको थियो ।

एक दुई सय १३ वटा उजुरी दर्ता भएको र तीन उजुरीमाथि अध्ययन शुरू गरिएको समितिका सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिएका छन् ।

नयाँ अनुशासन समिति गठन हुनुभन्दा अघि दर्ता भएका उजुरीमाथि पनि छानबिन गर्ने निर्णय भएको छ । समितिले एक नम्बर प्रदेशको मोरङ र इलाम जिल्लाबाट आएका उजुरी सोमबार खोलेको छ ।

दर्ता भएका उजुरीलाई एकसरो अध्ययन गरर खारेज गर्नुपर्ने, थप अनुसन्धान गर्नुपर्ने, तामेलिमा राख्नुपर्ने विभिन्न क्याटागोरी वर्गिकरण गर्ने समितिका अर्का सदस्य धनराज गुरुङले जानकारी दिए ।

समितिले उजुरी कर्ता र दोषीलाई समेत बोलाएर अदालती प्रक्रियाअनुसार नै छानबिन गरेर निर्णय पुगिने गुरुङले बताएका छन् ।

नेपाली कांग्रेसले पार्टीविरुद्ध लाग्नेहरूलाई कारबाही गरेर सब सिकाउने तयारीमा छ ।

अनुशासन समितिमा गुटको प्रभाव पर्ने भएकाले अन्तरघातीहरूलाई कारबाहीबाट जोगाउन शीर्ष नेताहरू नै लाग्ने हुन् कि भनेर आशंका पनि उब्जिएका छन् ।

Published : Wednesday, 2019 May 1, 9:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया