नर्वेबाट गगनले बोले कांग्रेसका शुभेच्छुकहरूको मनको कुरा, चारैतिर चर्चा (तस्वीर)
नर्वे । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले नेपालको वर्तमान कम्युनिस्ट सरकार इतिहाँसकै शक्तिशाली हुँदा पनि काम गर्न नसकेको भन्दै चिन्ता जनाएका छन् ।
नर्वेको राजधानी ओस्लोमा अप्रिल २८ तारिखमा आयोजित नेपाली जनसम्पर्क समिति नर्वेको तेस्रो अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता थापाले सरकार बलियो हुँदा पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले काम नगरेर आलटाल गरेर दिन कटाइरहेको बताए ।
कांग्रेसले सुरुवाती दिनमा सरकारलाई काम गर्न छुट दिएको भन्दै युवा नेता थापाले अबका दिनमा सरकारले गल्ती गर्नेवित्तिकै कांग्रेसले छुट नदिने चेतावनी दिए ।
उनले प्रधानमन्त्री ओलीलाई काम गर्न कुनै पनि बाधा ब्यवधान नरहेको भन्दै गलत संगतमा फस्दै गएको आरोप लगाए ।
‘नेपालको सरकार अत्यन्तै बलियो छ । सुरिएको प्रतिपक्ष अलमिलएको छ’, कांग्रेसका युवा नेता थापाले भने, ‘यस्तो अनुकूलको अवस्था पाउँदा पनि ओलीज्यूले काम गर्न सक्नु भएको छ । आखिर उहाँलाई कुनै शक्तिले काम गर्न रोकेको छ ?’
वर्तमान कम्युनिस्ट सरकारसँग सबैभन्दा धेरै नागरिकहरू आत्तिएको उनले बताए । ‘प्रधानमन्त्री ओलीज्यूले आफूलाई न्यायाधीश, प्रहरी, कर्मचारी, अख्तियार सबै आफूलाई ठान्नुभएको छ’, थापाले भने, ‘न्यायालय र कर्मचारीले गर्ने काम मैले आफै सबै गर्छु भन्नु भएको छ भने त्यो गलत हो । अधिकार आफूमा केन्द्रित गर्दैमा मुलकुमा समृद्धि आउँदैन ।’
कांग्रेसका युवा नेता थापाले खुलामञ्चमा डोजर लगाएर सटर भत्काउँदैमा जिम्मेवारी पूरा नहुने बताए । ‘प्रधानमन्त्रीज्यूले आदेश दिनुभयो खुला मञ्चको सटर र टहराहरू भत्किए’, उनले भने, ‘मुलुकमा कानून र संविधान छ भने खुल्ला मञ्चमा त्यो सटर भाडामा बस्न दिने र भाडामा लगाउनेलाई कारबाही गर्नुपर्छ । दोषी जो भएपनि कारबाही हुनुपर्छ ।’ खुल्ला मञ्चमा साँठगाँठमा भाडामा दिएको उनले बताए ।
बालुवाटारको जग्गा प्रकरणमा सत्तारुढ दलकै शक्तिशाली व्यक्ति मुछिएकै कारण दोषीलाई कारबाहीबाट उम्काउने प्रयास भइरहेको कांग्रेसका नेता थापाले बताए ।
‘बालुवाटारको जग्गा कसले किन्यो ? सत्तारुढ दलका शक्तिशाली नेताको छोराको नाममा जग्गा छ । मुलुकमा कानूनको शासन छ भने सबैलाई बराबरी हुनुपर्छ’, उनले भने, ‘शक्तिशाली नेतालाई कानूनले छुन्छ कि छुँदैन ? बालुवाटारको सरकारी जग्गा किन्ने सत्तारुढ दलको शक्तिशाली नेतालाई पनि त्यो कानूनले छुनुपर्छ कारबाही हुनुपर्छ ।’
यसैबीच, नेपाली जनसम्पर्क समिति नर्वेको तेस्रो अधिवेशन जितेन्द्र बिक्रम शाहीको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।
शाहीको नेतृत्वमा दोस्रो कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कविन्द्र ढकाल चयन भएका छन् । उपाध्यक्षहरूमा कमलप्रसाद खनाल, आविस्कार बास्तोला, राजन सुवेदी, टीका आचार्य रहेका छन् भने महामन्त्रीमा पारसमणि मिश्र, कोषाध्यक्षमा ईन्दिरा शर्मा, सहमहामन्त्रीमा चक्रबिक्रम शाही र सुरेशकुमार यादव चयन भएका छन् ।
सदस्यहरूमा मोहन नेपाल, पूर्ण शाही, हिरणकुमार गौतम, सागर हमाल, प्रवीना मुनानकर्मी, विजय खतिवडा, जीवन भट्टराई, पुष्प कोइराला र सम्पदा श्रेष्ठ चयन भएका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत