कम्युनिस्ट सरकारलाई कांग्रेसले बढाइदियो धडकन, ओलीलाई झट्का
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ ।
सिंहदरबारमा आइतबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रि–बजेटको छलफल अगाडि नै सरकारले नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताविरुद्ध हुने निष्कर्ष निर्णय गरेको छ ।
सोमबारबाट संघीय संसदको बजेट अधिवेशन शुरु हुँदैछ । संसद चल्नु एक दिन अगाडि कांग्रेसले गरेको निर्णयले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई झट्काक लागेको छ । ओलीले प्रमुख विपक्षी दल कांग्रेसको मागलाई सम्बोधन गर्छन् वा पेलेर जान्छन् सरकारको भावी कदमले थाहा हुनेछ ।
बजेट अधिवेशनमा प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउने सरकारको योजना संसदीय मूल्य मान्यता विपरीत हुने भएकाले त्यसप्रति कांग्रेसले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पहिले प्रि–बजेट छलफल, त्यसपछि नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याउन सरकारलाई सचेत गराएको बताएका छन् ।
कांग्रेसले सरकारले आफ्नो एकपछि अर्को निरंकुश गतिविधिलाई ढाकछोप गर्न पत्रकारहरूलाई समेत पक्राउ गर्ने काम गरिरहेको जनाएको छ । पत्रकारलाई थुन्ने र तर्साउने कार्य कांग्रेसलाई सैह्य नहुने चेतावनी पनि कांग्रेसले दिएको छ ।
लोकतान्त्रिक गतिविधि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुने गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि प्रमुख सचेतक खाँडले बताए ।
नेपाली कांग्रेसले सरकारको अभिव्यक्ति स्वतन्त्रता तथा लोकतन्त्रमाथि अकुंश लगाउने गतिविधिविरुद्ध सदन तथा सडकमा संघर्ष गर्ने तयारी पनि गरेको छ ।
प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेकोमा नेपाली कांग्रेसले विरोधको संकेत गरेपछि सरकारलाई चुनौती थपिएको छ । कांग्रेसले सरकारले नीति नियम र परम्परालाई उल्लंघन गरे चुपचाप लागेर नबस्ने संकेत दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत