डा.शेखर कोइरालाले राष्ट्रपति भण्डारीलाई हैसियत सम्झाइदिए
कोहलपुर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संवैधानिक राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपतिले जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस कोहलपुर नगर समिति, बाँकेको भेलालाई शनिबार सम्बोधन गर्दै डा.कोइराला भने, ‘पछिल्ला दिनहरूमा जसरी राष्ट्रपतिको क्रियाशीलता जसरी बढिरहेको छ । यो लोकतन्त्रको लागि शुभ संकेत होइन ।’ उनले राष्ट्रपति भण्डारीले आफ्नो हैसियत र जिम्मेवारी भुलेको बताए ।
उनले भने, ‘जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नुपर्ने हो त्यो काम संवैधानिक राष्ट्रपतिले गर्दै हिँडिरहनु भएको छ । यसबाट के सन्देश दिन खोजेको हो ?’
कांग्रेसका नेता डा.कोइरालाले बालुवाटार र टुडीखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्वजनिक गरेर दोषीलाई कारबाही गर्न आग्रह गरे ।
‘बालुवाटारको जग्गामा छानविन गर्ने । जो दोषी हुन्छ उसलाई कारबाही गर्नुपर्छ । ’, उनले भने, ‘सरकार, भूमाफिया, राजनीतिज्ञ र महानगरपालिकाको मिलेमतोमा बालुवाटारको जग्गा बिक्री गरिएको छ ।’ उनले टुडीखेलको जग्गा पनि माफियाहरूसँग राजनीतिज्ञहरू मिलेर भाडामा लगाएको बताए ।
डा.कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले गरिब नेपालीको रगत पसिना चुसेर राष्ट्रपति र प्रधानमन्त्रीले आलीशान जीवन बिताइरहेको बताए ।
गुरुङले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चेतावनी दिए ।
नेता गुरुङले भ्रष्टाचारको चाङमा उभिएर समृद्धिको सपना नदेख्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
बाँके कांग्रेसका सभापति किरण कोइरालाले प्रतिपक्ष कमजोर भएकाले सरकारका कमीकमजोरी जनतासामु आउन नसकेको बताए ।
ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजय राईले वर्तमान सरकार श्रमिक विरोधी भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत