सिंहदरबारभित्र माओवादी खोज्दै विवादास्पद व्यापारी ढकाल
काठमाडौं । स्वीस बैंकमा अवैध रकम राखेको प्रकरणमा मुछिएका विवादास्पद व्यापारी चन्द्र ढकालले माओवादी पृष्ठभूमि भएका नेताहरू खोज्दै सिंहदरबार पुगेपछि कर्मचारीहरु नै आश्चर्यमा परेका छन् ।
मंगलबार दिउँसो सिंहदरबार पुगेका ढकाल माओवादी संसदीय दलको कार्यालय खोज्दै थिए । ढकालले माओवादी पार्टी नै छैन भन्ने कुरा भुलेका रहेछन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी गठन भइसकेको छ । पार्टी मिलेको कुरा पनि चाल नपाउने व्यापारी ढकालको चर्तिकलाबाट प्रत्यक्षदर्शीहरू नै अचम्मित परेका थिए ।
विवादास्पद व्यापारी ढकाल सिंहदरबारमा माओवादी खोज्दै किन पुगेका हुन् ? कसैले केही भनेका छैनन् । ढकाललाई संसद सचिवालयका मर्यादापालकहरूले रोकेर सोधपुछ गरेका थिए ।
ढकालले आफू सामान्य व्यक्ति भएको भन्दै परिचय लुकाएका थिए । तर, ढकालसँग रहेका दुई जना सुरक्षाकर्मीले ढकाललाई ठूलो मान्छे भनेर मर्यादापालकहरूलाई सम्झाइरहेका थिए ।
मर्यादापालकहरूले ढकाललाई आगन्तुक रजिस्टारमा नाम र ठेगाना लेख्न लगाएपछि मात्रै छाडेका थिए । ढकालले मर्यादापालकहरूसँग माओवादीको संसदीय दलको कार्यालय कता हो ? भनेर सोधेका थिए ।
मर्यादापालकहरूले माओवादीको पहिलाको संसदीय दलको कार्यालय दुई नम्बर बिल्डिङमा रहेको जानकारी गराएपछि ढकाल उतैतिर लागेका थिए ।
आफ्नो व्यापारलाई मात्रै ध्यान दिँदै आएका ढकालले नेपाली मुद्रा स्वीस बैकमा राखेको भन्दै खोज पत्रकारीता केन्द्र (खोपके) ले सार्वजनिक गरेको नेपालिक्समा उल्लेख थियो ।
ढकालले इन्टरनेशन मनी एक्सप्रेस (आईएमई) यूकेमा दर्ता गरी भाई हेमराज, दुई बेलायती नागरीक र दुई गैरआवासिय नेपालीको नाममा कम्पनी चलाएको खुलासा भएको थियो ।
त्यस्तै आईएमई होल्डिङ नामक कम्पनी पनि खोलेका थिए । चन्द्रागिरी केबलकार सञ्चालन गर्दै आएका ढकालले वनको जग्गामा रिसोर्ट बनाएर सरकारलाई चुनौती दिएका छन् ।
शक्तिको अगाडि पछाडि कुद्ने ढकालको सिंहदबार प्रवेशले ठूलो आशंका उब्जाइदिएको छ ।
केही दिन अगाडि ढकालले चन्द्रागिरीमा रहेको आफ्नो रिसोर्टमा लगेर प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली, पुष्पकमल दाहालसहितका नेकपाका शीर्ष नेताहरूलाई राखेका थिए ।
ढकालको रिसोर्टमै नेकपाको पार्टी समायोजन सम्बन्धी भागबण्डा मिलेको थियो । तर, अहिले ढकाल किन सिंहदरबार धाए त ? त्यसमा पनि उनले माओवादीे संसदीय दलको कार्यालय खोजेपछि रहस्य झन् गहिरो बन्दै गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत