चीनले लगानी गरेका कथित राष्ट्रवादी नेता बर्बाद भए
काठमाडौं । आफूलाई राष्ट्रवादी दावी गर्ने ग्रेटर नेपाल नामक संस्थाका प्रमुख फणिन्द्र नेपालका गैर कानूनी धन्दा बाहिर आउन थालेका छन् ।
जुन घर भाडामा लिएर नेपालले स्कुल सञ्चालन गर्दै आएका थिए, सोही घर नै भाडा नतिरी कब्जा गर्न खोजेपछि नेपालको असली रुप बाहिर आएको हो ।
महानगरिय प्रहरी बृत्त गौशालाले चेक बाउन्स प्रकरणमा नेपाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नेपाल चीनसँग निकट मानिन्छन । उनी महिनामा एक पटक चीन पुगेर नेपालको गतिविधिबारेमा रिपोर्टिङ गर्दै आएका छन ।
नेपालले काठमाडौं महानगरपालिका–७ चावहिलमा रहेको नरेशकुमार न्यौपानेको १ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको साढे २ तल्ले घर २०७२ श्रावण १ गतेदेखि सम्झौता गरी भाडामा लिएका थिए ।
मासिक १ लाख ५० हजार भाडा तिर्ने शर्तमा नेपालले उक्त घर इडेन पब्लिक स्कुल सञ्चालन गर्ने गरी भाडामा लिएका थिए । तर, नेपालले घरधनी न्यौपानेलाई भाडा दिने त परै जाओस् उल्टै आफू भविश्यको प्रधानमन्त्री बन्ने ब्यक्ति हुँ भन्दै धम्की दिएर भाडा नतिरी जबर्जस्ती उक्त घर नै हडप्ने प्रयास गरेका छन् ।
नेपालले भाडा नतिरी जवर्जस्ती घर नै हत्याउन लागेपछि पीडित न्यौपाने भाडावातको पैसा दिलाई घर खाली गरि पाउँ भन्दै निवेदन लिएर वडा कार्यालय र प्रशासनको शरणमा पुगेका थिए ।
न्यौपानेको निवेदन बमोजिम २०७५ असोज १८ गते वडा अध्यक्ष सुद्धकुमार डंगोलको रोहबरमा पुरानो भाडा वापत ९ लाख ५० हजार र २०७५ बैशाख देखि चैतसम्मको भाडा वातप १२ लाख गरी कुल २१ लाख ५० हजार मंसिर मसान्तभित्रमा नेपालले दिने र ३५ दिन भित्र घर खाली गर्ने सम्झौता भएको थियो ।
सोही बमोजिम घरधनी न्यौपानेलाई मंसिर २१ गते नेपालले ६ लाख रुपैयाँको चेक दिए । सहमति अनुसारको रकम नदिई ६ लाखको चेक दिएका नेपालले अर्को गैरकानुनी काम गरेको रहस्य पनि खुल्यो । एकातिर खातामा पैसा नभएको र अर्कोतिर विगत तीन वर्षदेखि सञ्चालनमै नरहेको नेपाल बैंकको चेक दिएर नेपालले अर्को जालसाँझी गरे ।
खातामा पैसा नभएको चेक लिएर पीडित न्यौपाने प्रहरीमा पुगेपछि गौशाला प्रहरीले नेपाललाई पक्राउ गरी चेक बाउन्स र जालसाँझी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
चेक काटिएकै दिन २१ गते बेलुका नेपालले घरधनी न्यौपानेलाई वडा सदस्य कृष्णमणी भट्टराईको रोहबारमा ६ लाख रकम दिए । न्यौपानेले लिनुपर्ने थियो, २१ लाख ५० हजार रकम ।
त्यसैले न्यौपानेले त्यो चेक फिर्ता गरेनन् । अहिले नेपाल आफूलाई फसाइएको भन्दै केही व्यक्तिमार्फत प्रहरी र न्यौपानेको विरोध गरिरहेका छन् । पीडितले एकातिर पैसा पाएका छैनन् भने अर्कोतिर न्यौपानेका अन्धभक्तहरु ग्रेटर नेपालका अभियान्तालाई फसाईएको जस्तो कुतर्क गर्दै हिंडिरहेका छन् ।
सामाजिक सञ्जालमा नेपालका अन्धभक्तहरुले पैसा दिएको तर, न्यौपानेले चेक फिर्ता नदिएको भन्दै गलत हल्ला फैलाइरहेका छन् । पीडित न्यौपानेले नेपालविरुद्ध कारबाही गरेर न्याय पाउँ भनि यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि निवेदन दिए । उक्त निवेदनमाथि छानविन गरी सिडियो कार्यालयले २०७६ बैशाख ६ गते गौशाला प्रहरीलाई पत्र लेखी न्यौपानेलाई शान्ति सुरक्षा दिन आदेश गरेको छ ।
तर, अहिले नेपाल घरधनीलाई पैसा दिनु त परै जाओस् घर खाली गर्न समेत चाहँदैनन् । राष्ट्रवादको आवरणभित्र यसरी अपराध गर्न थालेपछि नेपालमाथि कारबाही गर्न प्रशासनले हिचकिचाउन नहुने स्थानीयबासिन्दा बताउँछन् ।
ठगी गरेको कुरा बाहिर आएपछि आफूलाई चोखो सावित गर्न नेपालले घरधनी न्यौपानेमाथि सामाजिक सञ्जालमार्फत हुँदै नभएका कपोकल्पित आरोप लगाउन थालेका छन् ।
न्यौपाने भारतीय एजेन्ट भएको र आफूलाई प्रशासनको मिलेमतोमा फसाइएको भन्दै नेपालले सामाजिक सञ्जालमार्फत गलत अफबाह फैलाएर ठगी धन्दाबाट बच्न सहानुभुति लिन खोजेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत