यी हुन् माओवादीले अध्यक्ष पाएका ३३ जिल्ला
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७७ जिल्ला कमिटीमध्ये पूर्वमाओवादीले ३३ जिल्लाको अध्यक्ष पाएको छ ।
भागबण्डाअनुसा पूर्वएमालेलाई ४४ जिल्लामा अध्यक्ष दिइएको छ ।
जिल्ला अध्यक्ष र सचिवहरूको अन्तिम सूची महासचिव विष्णु पौडेलले केन्द्रीय कार्यालयमा बसेर बनाइरहँदा पूर्व माओवादीतर्फका ३३ जिल्ला अध्यक्षको नाम बाहिरिएको छ ।
पूर्वमाओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । ताप्लेजुङमा बिजय बनेम, सुनसरीमा योगेन्द्र मण्डल, उदयपुरमा विनोदकुमार कटुवाल, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहनकुमार खड्का छन् ।
प्रदेश २ मा आठमध्ये चार जिल्लाको अध्यक्ष पूर्वमाओवादीले पाउँदा सप्तरीमा अशोक मण्डल, सिराहामा रामकुमार यादव, महोत्तरीमा राजु खड्का, बारामा छत्रबहादुर श्रेष्ठ छन् ।
प्रदेश ३ का १३ मध्ये ५ जिल्लाको नेतृत्व पाएको माओवादीबाट रामेछापमा मैनकुमार मोक्तान, सिन्धुलीमा राजन दाहाल, चितनवमा यमबहादुर परियार, काभ्रेमा रुकु चौलागाई र नुवाकोटमा हिरानाथ खतिवडा अध्यक्ष बनेका छन् ।
गण्डकी प्रदेशबाट गोरखामा लेखबहादुर थापा, स्याङ्जामा सूर्यप्रसाद गैरे (पारस) , म्याग्दीमा गोविन्द पौडेल र लम्जुङमा मधु अधिकारी अध्यक्ष बनेका छन् ।
प्रदेश ५ बाट नवलपरासीमा भविश्वर तिवारी, बाँकीमा आइपी खरेल, बर्दियामा भुवन थारु, रोल्पामा सुरेन्द्र घर्ती र पूर्वी रुकुममा मेघवहादुर श्रेष्ठ अध्यक्ष भएका छन् ।
कर्णाली प्रदेशबाट मुगुमा सुखबीर बुढा, कालीकोटमा धनजीत शाही, हुम्लामा लालकेश जैसी, जाजरकोटमा ढकवीर पुन र पश्चिम रुकुममा गोपाल शर्मा अध्यक्ष भएका छन् ।
सुदुरपश्चिम प्रदेशबाट बझाङमा मीनबहादुर खड्का, कञ्चनपुरमा वीरबहादुर थापा, डडेलधुरामा मानसिंह माल र दार्चुलामा गणेश खत्री अध्यक्ष भएका छन् ।
पूर्वमाओवादीले अध्यक्ष पाएका ३३ जिल्लामा तत्कालीन एमालेका अध्यक्षहरू अब सचिवमा घटुवा भएका छन् ।
यसरी घटुवा हुनेमा प्रभावशाली सांसद तथा नेता समेत छन् । संसदको कानून समितिका सभापति समेत रहेका कृष्णभक्त पोखरेल चितवनको सचिवमा घटुवा भएका छन् ।
तत्कालीन एमालेका अधिकांश अध्यक्षहरू संघीय तथा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख छन् ।
ताप्लेजुङका बलवहादुर सामसुहाङ, संखुवासभाका हेमराज घिमिरे, खोटाङका बबी चाम्लिङ,उदयपुरका ईश्वरमणि राउत र ओखलढुंगामा मोहन श्रेष्ठ सचिवमा घटुवा भएका छन् ।
प्रदेश ३ बाट घटुवा हुनेमा रामेछापका शान्तिप्रसाद पौडेल,सिन्धुलीका प्रदीप कटुवाल, काभ्रेका टोकवहादुर वाइबा, नुवाकोटका नारायण खतिवडा, चितवनका कृष्णभक्त पोखरेल छन् ।
गण्डकी प्रदेशबाट घटुवा हुनेमा गोरखाका प्रेम गुरुङ, लम्जुङका धनन्जय दवाडी, म्याग्दीका हरिकृष्ण श्रेष्ठ र स्याङ्जाका मीनप्रसाद श्रेष्ठ छन् ।
प्रदेश ५ बाट घटुवा हुनेमा बाँकेका अशोक कोइराला, बर्दियाका हरि ज्ञवाली, रोल्पाका हरिप्रसाद घर्ती र रुकुमका विमलकुमार पुन छन् ।
कर्णाली प्रदेशबाट मुगुका धरमवहादुर शाही, डोल्पाका दत्तबहादुर रोकाया, जुम्लाका तीर्थ बुढा, हुम्लाका दल रावल र जाजरकोटका करवीर शाही छन् ।
सुदूरपश्चिम प्रदेशबाट घटुवामा पर्ने तत्कालिन एमालेका अध्यक्षहरुमा कन्चनपुरका तारा लामा तामाङ, डडेलधुराका डा.तारा जोशी, बझाङका डिलबहादुर सिंह र दार्चुलाका ताराप्रसाद जोशी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत