जनता टोक्ने ओलीका कम्युनिस्ट अरिंगालहरूविरुद्ध लड्न खतिवडाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले लोकतन्त्रवादीहरू सहि समयमा सहि ठाउँमा सहि काम गर्नेहरू कहीँ पनि पराजित नहुने बताएका छन् ।
विश्वभाषा क्याम्पस एकाई समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ (नेविसंघ) को ४९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद खतिवडाले जनताको पक्षमा काम गर्ने कांग्रेस कहिल्यै पनि पराजित नहुने बताए ।
‘नेपाली कांग्रेसलाई जनताको माया छ । हामी प्राविधिक रुपमा पराजित भयौँ होला’, उनले भने, ‘सहि समयमा सहि निर्णय गर्ने लोकतन्त्रवादीहरूको कहिल्यै पनि पराजय भएको छैन ।’
कम्युनिस्टहरूको दुई तिहाइको सरकार भएको बेला प्रेस स्वातन्त्रता, कानूनी राज्य, मानव अधिकार र विद्यार्थीको हक अधिकार हनन् गरेको युवा नेता खतिवडाले बताए । उनले यस्तो बेला नेविसंघले अब एकपल्ट लड्नु पर्ने बेला आएको छ ।
‘नेपाल विद्यार्थी संघ हिजो पञ्चायतसँग लडेको संगठन हो’, उनले भने ।
कांग्रेसका युवा नेता खतिवडाले खराब कामहरू गर्दै आएको वर्तमान खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई बचाउ गर्न केही कम्युनिस्ट नेताहरू लागेको भन्दै चिन्ता जनाए ।
‘अरु दलको संगठनहरू सरकारको हुण्डी खाएर सरकारलाई बचाउन लागेका छन्’, उनले भने, ‘कम्युनिस्टहरूले अरिंगल भएर जनतहरूलाई टोक्दै हिंडेका छन् । अब यो अन्याको बिरुद्धमा लड्न तत्पर हुन नेविसंघलाई मेरो आग्रह छ ।’
कांग्रेसका युवा नेता खतिवडाले नव वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पनि सम्झिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत