विकासका कार्यक्रममा गगन आफै सक्रिय, दीर्घकालीन समाधान खोज्दै

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले आफू निर्वाचित क्षेत्रको विकास निर्माणका कामहरूमा विशेष ध्यान दिन थालेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता थापा काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । उनले तत्कालीन एमालेका राजन भट्टराई पराजित गरेका थिए ।

सांसद थापाले मित्रपार्क–गौरीघाट सडकखण्डको गौरीघाटतर्फको सडक ढलान भइरहेको कामको अनुगमन गर्न निजी सचिवालयलाई अह्राएका छन् ।

थापा आफैले पनि विकासका कार्यक्रमहरूको स्थलगत अनुगमन गर्ने गरेका छन् । यो बाटो भत्किएर धेरै समस्या दिएको थियो । थापाले दीर्घकालीन समाधान गर्ने उदेश्यले काम अगाडि बढाएका हुन् ।

त्यति मात्रै होइन सांसद थापाले आफ्ना क्षेत्रका मतदाताहरूसँग नियमित भेटघाट पनि गर्ने गरेका छन् । भेटघाटका क्रममा थापाले स्थानीयस्तरमा हुने समस्यालाई समाधान गर्ने गर्दै आएका छन् ।

सांसद थापाले आफ्नो क्षेत्रमा सम्पर्क कार्यालय नै स्थापना गरेर सचिवालय समेत खडा गरेका छन् । आफू नियमित जान नसकेका बेला आफ्नो निजी सचिवालयमार्फत उनले स्थानीयका समस्यालाई समाधान गर्ने प्रयास गर्दै आएका छन् ।

कांग्रेसका युवा नेता थापाको क्षेत्रको चाबहिल आसपासमा ट्राफिक जाम, धुलो धुँवा तथा सडक भत्किएको समस्या रहेको छ । त्यो समस्यालाई समाधान गर्न थापाले पहल गरिरहेको बताएका छन् ।

त्यति मात्रै होइन सांसद थापाले अन्य सहायक बाटो, शिक्षा, स्वास्थ्य र अन्य विकासका कार्यक्रममा पनि जोड दिने गरेका छन् ।

युवा नेता थापाले आफ्नो क्षेत्रमा नेपाली कांग्रेसको संगठनलाई पनि विशेष ध्यान दिने गरेका छन् । विशेष गरेर युवापुस्तालाई उनले नेतृत्वका लागि उत्साह भर्ने कार्य गर्दै आएका छन् ।

स–साना बालबालिकालाई पनि घरमा नेपाली कांग्रेसका बारेमा जानकारी गराउनुपर्ने अभिभावकहरूलाई आग्रह गर्दै आएका छन् ।

Published : Thursday, 2019 April 18, 8:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया