कम्युनिस्ट सरकार जिल पर्ने गरी कांग्रेसले दियो ४१ लाख
सिमरा । बारा जिल्लाका हावाहुरी प्रभावितहरूको घर पुनर्निर्माणका लागि नेपाली कांग्रेसले ४१ लाख रुपियाँ सहयोग गरेको छ ।
बुधबार कांग्रेसको २ नम्बर प्रदेश कमिटीले जितपुरसिमरामा गरेको कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सहयोग हस्तान्तरण गरेका हुन् ।
निधिले सभापति शेरबहादुर देउवाले घोषणा गरेको २५ लाख र ८ जिल्लाको एक–एक लाख रुपियाँ सहयोग ल्याएका छन् ।
महेन्द्र नारायण स्मृति प्रतिष्ठानबाट २ लाख, जनसम्पर्क समिति डेनमार्कबाट २ लाख १० हजार, मकाउ जनसम्पर्क समितिबाट ६० हजार, सांसद दीव्यराज भण्डारीबाट २ लाख लगायत गरी जम्मा ४१ लाख रुपियाँ बारा कांग्रेसको जिल्ला कार्यसमितिलाई हस्तान्तरण गरिएको छ ।
संकलित रकम राहतभन्दा पुनर्वासको व्यवस्थापनमा खर्चिन बाराका जिल्ला सभापतिलाई आग्रह गरिएको छ ।
उपसभापति निधिले प्रदेश र केन्द्र सरकारको तालमेल नमिल्दा पीडितको व्यवस्थापनमा ढिलाई भएको भन्दै आपत्ति जनाए ।
उनले पीडितलाई अन्योलमा नपार्न दुबै सरकारलाई आग्रह गरेका छन् ।
बारा कांग्रेस सभाापति जयचन्द्र चौरसियाले यो रकम प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताएका छन् ।
केही जिल्ला पार्टी सभापतिले भने प्रदेश सरकारको आलोचना गरेका छन् ।
उनीहरूले प्रदेश सरकारले गहन रुपमा जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संकलित रकम प्रदेशलाई दिए हिनामिना हुने भन्दै पार्टीले नै जस लिने र पार्टीको पहिचान हुने गरी राहत र पुनर्वासको व्यवस्थापनमा जुट्नुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत