कम्युनिस्टहरू जस्तो रेलिङ भाँच्ने पार्टी कांग्रेस होइनः देउवा
टीकापुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टीकापुरमा आपसी मेलमलिाप बढ्दै गएको आफूले पाएको बताएका छन् ।
प्रेस युनियन लम्की टीकापुर शाखाले बुधबार टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले मेलमिलाप बढ्दै गएको बताएका हुन् । उनले भने, ‘मेलमिलापको अवस्था सुधार्न सबैको सहयोग आवश्यक छ ।’
पार्टीभित्रको आन्तरिक गुटबन्दीको आगामी पार्टी अधिवेशनले अन्त्य गर्ने उनले बताए । पार्टी र भातृ संगठन अस्तव्यस्त बनेकोप्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र यसमा चाडै सुधार हुने उनले दाबी गरे ।
देउवाले पार्टी अधिवेशनको मुखमा आफूविरुद्ध गुटबन्दीको गलत प्रचारबाजी भइरहेको बताए । उनले भने, ‘अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए ।’
प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाच्ने मात्रै नभएकाले आफनो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाले दाबी गरे ।
उनले भने, ‘वर्तमान सरकारलाई कांग्रेसले चुनावबाटै प्रतिस्थापन गर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत