बालुवाटारको जग्गा किन्ने व्यापारीलाई राष्ट्रपतिबाट सम्मान
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बालुवाटारको सरकारी जग्गा किन्ने भाटभटेनी सुपरमार्केटका विवादास्पद व्यापारी मीनबहादुर गुरुङलाई सुप्रवल जनसेवा श्री पदक दिएर सम्मान गरेको छ ।
कम्युनिस्ट सरकारको सिफारिसमा व्यापारी गुरुङलाई आइतबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र प्रमाण पत्रले सम्मान गरेकी हुन् ।
महत्वपूर्ण योगदान गरेकालाई सरकारले प्रत्येक वर्ष मानपदवी दिएर सम्मान गर्ने परम्परा छ । ९६ जनाले राष्ट्रपति भण्डारीले सुप्रवल जनसेवा श्री पदक प्रदान गरेकी हुन् ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष समेत रहेका विवादास्पद व्यापारी गुरूङले बालुवाटारको सरकारी जग्गा किनेको रहस्य बाहिर आएपछि पुनः एकाएक चर्चामा छन् ।
व्यापारी गुरूङले भ्याट छली गरेको भन्दै नेपाल सरकारले भ्याट कर छलीको सूचीमा राखेको छ । राजस्व न्यायाधीकरणले समेत गुरुङलाई कर छलीमा दोषी ठहर गरिसकेको छ ।
गुरूङको मुद्दा २०६६ सालदेखि शुरू भएको थियो । आन्तरिक राजस्व विभागले विभिन्न व्यापारिक घरानाले कति कर छलेका छन् भनेर छानबिन गरेको थियो ।
भाटभटेनी सुपरमार्केटले नक्कली बिल बनाएर ९ करोड भ्याट छलेको भन्दै रकम तिर्न विभागले भनेको छ ।

आयात नै नगरी नक्कली बिल बनाएर भ्याट छलेको भन्दै विभागले कर, त्यसको साँवाब्याज र जरिवानासमेत तिर्न पत्र पठाएको थियो ।
पत्रविरूद्ध विभागका महानिर्देशकसमक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिए । महानिर्देशकले पनि उक्त कर तिर्नैपर्ने निर्णय सुनाएका थिए ।
व्यापारी गुरूङले महानिर्देशकको निर्णयविरूद्ध राजस्व न्यायाधीकरणमा मुद्दा हालेका छन् । न्यायाधीकरणले पनि गुरूङलाई नै दोषी ठहर्याएको छ ।
त्यति मात्रै होइन गुरुङ न्यायाधीकरणको फैसला खारेज गर्न माग गर्दै भन्दै सर्वोच्च अदालत गएका थिए ।
०७३ सालदेखि गुरूङको उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत