कांग्रेस एक ढिक्का भयो भने कुनै ताकतले रोक्दैनः देउवा
महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम गर्न नसकेको आरोप लगाए ।
नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सम्मेलनको सोमबार उदघाटन गर्दै देउवाले कम्युनिस्ट सरकारले जनतालाई फाइदा हुने गरेर कुनै पनि कार्य नगरेको बताएका हुन् ।
‘कम्युनिस्ट सरकारले कुनै देखिने काम गर्नै सकेको छैन’, देउवाले भने, ‘मुलुकमा भ्रष्टाचार, बेथिति र महंगी झन् बढेको छ ।’
सरकारले बढाउँदै गरेको करमा पनि नेता देउवाले आपत्ति जनाएका छन् । सरकारले जनतालाई सास्ती दिने र दुःख दिने गरी कर बृद्धि गरेको उनको भनाइ थियो ।
देउवाले भने, ‘अपराध दिन प्रतिदिन बढेको छ, अपराधी खुलेआम छन् । दोषीलाई सजाय दिनुको सट्टा उल्टै सरकारले संरक्षण गरिरहेको छ । नेकपाको सरकार बनिसकेपछि मुलुकमा हत्या, हिंसा, बलात्कार लगायत आपराधिक गतिविधि झन् बढेको छ ।’
देउवाले आफ्नो पार्टी कांग्रेस एक ढिक्का भएर अघि बढ्ने पनि दाबी गरेका छन् । पार्टी एक ढिक्का भएर अघि बढ्नेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत