ओली–प्रचण्डका ठूला नेताले पार्टी छाडे, देउवाले कांग्रेसमा भित्र्याए

महेन्द्रनगर । नेपाली कांग्रेसमा पूर्वमाओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका छन् ।

उनीसहितका नेता तथा कार्यकर्तालाई सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्षप्रति असन्तुष्टि जनाउँदै स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गरी सोमवार कांग्रेस प्रवेश गरेका हुन् ।

दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका बिकले कञ्चनपुरमा नेपाली कांग्रेसका सभापति देउवाको हातबाट टीका ग्रहण गरी कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सभापति देउवाले पार्टीमा स्वागत गर्नुका साथै सदस्यता प्रदान गरेका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उदघाटन समारोहमा बिकले सभापति देउवाको हातबाट टीका ग्रहण गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बिकले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । माओवादीमा बिचलन आएपछि आफू कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन् ।

सत्तामा पुगिसकेपछि कम्युनिष्टले जनताको इच्छा आकांक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको बिकले आरोप लगाएका छन् ।

सत्तारुढ नेकपाका नेताहरूमा सम्पत्ति जोड्ने मोह बढ्दै गएको छ । कम्युनिस्ट नेताहरूको यो मोहका कारण पार्टी छाडेर नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।

केही दिन अगाडि मात्रै काभ्रे जिल्लामा नेपाली कांग्रेसका सभापति देउवाले सत्तारुढ नेकपाका एक हजारभन्दा धेरै कार्यकर्तालाई कांग्रेसमा भित्र्याएका थिए ।

गाउँमा नेपाली कांग्रेसप्रति सर्वसाधारण्को आकर्षण बढेको छ । कम्युनिस्ट सरकारले निर्वाचनमा गरेको प्रतिवद्धता भुल्दै गएपछि गाउँका जनाता आक्रोशित भएका छन् ।

कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले दुःख पाएको स्थानीय नेताहरूले गुनासो गर्न थालेका छन् ।

Published : Monday, 2019 April 15, 10:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया