कम्युनिस्टहरूको अखडामा सात करोड ४० लाख बेरुजु, ३ करोडको हिसाव किताव मिलेन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले संघीय संसद् सचिवालयमा भएको काण्डमा सचेत गराएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, सचिव राजेन्द्र फुयाँलसहितको कार्यकक्ष बनाउन सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भएको थियो । सो विषयमा महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ ।

सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले २० लाखभन्दा बढी लागत अनुमान भएको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ ।

‘सचिवालयले यो वर्ष दुई करोड ९७ लाखको मालसामान खरिद तथा विभिन्न मर्मत कार्य बोलपत्र आह्वान नगरी सिधै खरिद गरेको देखियो’, प्रतिवेदनमा भनिएको छ, ‘नियमावलीमा भएको व्यवस्थाको पालना गरी खरिद कार्य गर्नुपर्दछ ।’

सार्वजनिक खरिद ऐनको दफा ६६ उपदफा २ अनुसार सार्वजनिक निकायका प्रमुखले तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिको अधिकारीलाई दिनुपर्छ ।

संसद् सचिवालयले महासचिवको स्वीकृतिविनै सचिवको मात्र स्वीकृतिमा विभिन्न कम्पनीलाई झन्डै दुई करोड रुपियाँ भुक्तानीसमेत गरेको छ ।

संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत दुई करोडभन्दा बढी खर्च गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाललगायत समिति सभापति तथा सचिव राजेन्द्र फुयाँलको कार्यकक्ष निर्माणका लागि भन्दै सचिवालयले काम अघि बढाएको विषयमा अख्तियारले दुई–दुईवटा पत्र पठाइसकेको छ ।

चित्तबुझ्दो जवाफ नपाएपछि अख्तियारले गत २० कात्तिकामा दोस्रो पत्र पठाएको छ ।

अर्थको स्वीकृतिविना दिइएको प्रोत्साहन भत्ता असुल गर्नु ऐनअनुसार कुनै पनि कार्यालयले सुविधा वृद्धि गर्दा अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्छ ।

संसद सचिवालयले ०७४ को माघदेखि असार मसान्तसम्म ६ महिना अर्थ मन्त्रालयको स्वीकृतिविनै प्रोत्साहन भत्तास्वरूप तीन करोड ६९ लाख १७ हजार रुपियाँ कर्मचारीलाई बाँडेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सचिव र सभापतिहरू सत्तारुढ नेकपा निकटका हुन् । सभामुख कृष्णबहादुर महरा पनि नेकपा निकटका हुन् । उनी पूर्व माओवादी केन्द्रबाट आएका हुन् । अध्यक्ष तिमिल्सिना र सचिव फुयाँल पूर्वएमाले निकटका मानिन्छन् ।

Published : Monday, 2019 April 15, 8:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया