नयाँ वर्षको पहिलो दिनमै लुक्लामा समिट एयरको जहाज दुर्घटना
काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
पाइलटसहित दुईजना गम्भीर घाइते छन् । लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन् ।
जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन् । घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
नागरिक उड्ययन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीका अनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएको हो ।
जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए ।
दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टर पुरै क्षतिग्रस्त भएको छ । श्रीएयरको हेलिकप्टरमा समेत क्षति पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत