कम्युनिस्ट सरकारको नागरिकता काण्डमाथि चन्द्र भण्डारीद्वारा प्रहार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली नागरिकतामाथि राजनीति र खेलवाड नगर्न चेतावनी दिएका छन् ।
कांग्रेसका पूर्वसांसद समेत रहेका भण्डारीले बुधबार बिहान फेसबुकमा स्टाटस लेखेर नागरिकता नभएका नेपाली नागरिकलाई नागरिकता दिने विषयमा कुनै द्विविधा नरहेको बताए । तर, सिंहदरबारको कुर्सीसम्म पुग्नका लागि नागरिकतामाथिको खेलवाडको उनले आलोचना गरेका छन् ।
कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाले केही दिन अगाडि परित्र परिपत्र गरेर नेपालमा जन्मिएकाहरूका सन्तानलाई जन्मसिद्धका आधारमा वंशजको नागरिकता दिन भनेपछि आलोचना भएको थियो ।
सर्वोच्च अदालतले कम्युनिस्ट सरकारको त्यो परिपत्रलाई तत्काल कार्यान्वयनमा नलैजान निर्देशन दिएको थियो । सर्वोच्च अदालतको सो आदेशको स्वागत भएको छ ।
‘नागरिकता विहीन कुनै नेपाली हुनु हुँदैन । तर, भारत र चीनको वीचमा रहेको सानो देशले नेपालीलाई अल्पमतमा पार्ने गरी वितरण गरिएको नागरिकताले के परिणाम निम्ताउँछ ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘सिंहदरबारको कुर्सीको लागि देश तहसनहस हुँदैछ ।’
कांग्रेसका नेता भण्डारीले भनेका छन्, ‘नेपालका जस्ता गैर जिम्मेवार नेता विश्व इतिहासमा कमै भेटिन्छन् । न धर्म, न संस्कृति न भेष–भूषा, न भाषा केवल आकृति मात्र ।’
कम्युनिस्ट सरकारले संसदमा नागरिकता विधेयक पनि पेस गरेको छ । विधेयकमाथि संसदको राज्य व्यवस्था समितिले उपसमिति बनाएर छलफल गरिरहेको छ ।
संसदीय समितिमा विधेयकमाथि छलफल चलिरहेका बेला कम्युनिस्ट सरकारका गृहमन्त्री थापाले किन एकाएक परिपत्र गरेर नागरिकता वितरण गर्न आदेश दिएका हुन् कसैले बुझ्न सकेका छैनन् ।
०६१–०६२ सालको जनआन्दोलनपछि वितरण गरिएको नागरिकता छानविन गरेर खारेजीको माग उठिरहेका बेला कम्युनिस्ट सरकारले नागरिकतामाथि गरेको राजनीतिक खेलवाडको नेपाली कांग्रेसका युवा नेताहरूले विरोध गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत