मलेसियामा बस दुर्घटना दुई नेपालीको मृत्यु

क्वालालम्पुर । मलेसियामा बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा १० विदेशी कामदारसहित एक जना मलेसियन चालकको मृत्यु भएको छ । केही घाइतेको अवस्था गम्भीर छ ।

दुर्घटनामा दुई जना नेपाली जगरनाथसिंह दनुवार र रामु चौधरीको मृत्यु भएको रमेश पन्थीले जानकारी दिएका छन् ।

दुर्घटनामा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कुँवर, सन्तोषकुमार साह, सुमन खाम्चा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल घाइते भएका छन् ।

उनीहरूमध्ये सन्तोषकुमार यादव, लोकेन्द्र बहादुर शाही र भरत शाहीको अवस्था गम्भीर रहेको छ ।

मुतियारा कायामास कम्पनीमा काम गर्ने ४३ जना श्रमिक बोकेर कम्पनीतर्फ गइरहेको बस सडकबाट तल खसेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा घाइतेहरूको स्थानीय चार वटा अस्पतालमा भइरहेको छ । घाइतेहरूको काजाङ, पुत्राजय, वाङतिङ र सडाङ अस्पतालमा उपचार भएको जनाइएको छ ।

Published : Monday, 2019 April 8, 7:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया