कांग्रेसभित्रको विवाद म मिलाउँछुः डा.शशांक कोइराला

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढे आगामी निर्वाचनमा कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

नेपाल महिला संघ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार आयोजना गरेको कार्यक्रममा डा.कोइरालाले कांग्रेसलाई एक बनाएर लैजानुको विकल्प नभएको बताए ।

‘कांग्रेसभित्रको विवाद समाधान गरेर अगाडि बढ्ने हो भने कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन’, उनले भने, ‘त्यस्तो अवस्था सिर्जना गर्नुपर्छ । हामी मिल्नुपर्छ ।’

कांग्रेसका महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको पनि बताए । उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु ।’

‘पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन’, डा.कोइरालाले भने, ‘कांग्रेस फेरि ठूलो पार्टी हुन्छ । त्यसमा सबैको सहयोग चाहिन्छ ।’

कांग्रेस नेताहरूलाई पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्ने भनेर दवाव दिइरहेका बेला महामन्त्री डा.कोइरालाले विवाद समधान गर्ने बताएका छन् ।

डा.कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाए ।

‘मुलुक संघीयतामा गएपछि पनि कम्युनिस्ट सरकारले शक्ति आफूमा केन्द्रित गरेको छ’, उनले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीजीलाई निरंकुश बन्ने इच्छा पलाएको छ ।’

Published : Sunday, 2019 April 7, 7:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया