लीलामणि पौडेलले कांग्रेसको इज्जत जोगाए, छक्कै परे कम्युनिस्टहरू
काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारका बनेका सुनिल पोखरेल पराजित भएका छन् ।
पोखरेललाई हराउँदै सत्तारुढ नेकपाका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले पोखरेललाई झिनो मतअन्तरले पराजित गरेका हुन् ।
मतगणना बिहीबार अपरान्ह सकिएको हो । अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् ।
महासचिवमा नेपाली कांग्रेस निकटका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले नेकपा निकटका उम्मेदवार सुरेन्द्र थापा मगरलाई पराजित गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवारहरूले कम्युनिस्ट निकटका उम्मेदवारहरूलाई पछाडि पारे पनि काठमाडौं उपत्यकाभित्रको मतले कम्युनिस्टहरूलाई जिताएको छ ।
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि गत शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो ।
1 प्रतिकृया प्राप्त “लीलामणि पौडेलले कांग्रेसको इज्जत जोगाए, छक्कै परे कम्युनिस्टहरू”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Very very good