अमेरिका जाँदा लाग्ने भिसा शुल्क घट्यो
काठमाडौं । अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको शुल्क घटाएको छ ।
राजदूतावासले २ सय डलरबाट घटाएको छ । दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिन गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो ।
अब नेपाली विद्यार्थीले अमेरिकी भिसाका लागि एक सय ६० डलर मात्र तिरे पुग्छ । हरेक वर्ष करिब १२ हजार नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका जाने गर्छन्न् ।
गत १ जनवरीदेखि लागू हुने गरी नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता लागू गर्ने निर्णय भएको थियो ।
नेपाल सरकारले भिसा नलागेको अवस्थामा पनि आवेदन शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । त्यसलाई भने दूतावासले अस्वीकार गरेको छ ।
नेपालले १० वर्षमुनिका विदेशी बालबालिकालाई निःशुल्क भिसा दिँदै आएको थियो ।
अब भने अमेरिकी बालबालिकासँग भिसा शुल्क लिने भएको छ ।
अमेरिका जाने नेपालीले पाँच वर्षे बहुप्रवेशी भिसा पाए जस्तै अमेरिकीले पनि नेपालमा एक सय ६० डलरमा बहुप्रवेशी भिसा पाउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत