कम्युनिस्ट सरकारको आलोचना गर्नुस्ः शेरबहादुर देउवा
लमही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रै आफ्नो आलोचना भैरहेको बताएका छन् ।
दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफूले कम्युनिस्ट सरकारको आलोचना खुलेरै गरिरहेको बताउँदै पार्टीभित्रै आफ्नो आलोचना हुने गरेकोमा असन्तुष्टि जनाए ।
‘म ओली सरकारको खिलाफमा जान्छु’, देउवाले भने, ‘आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ सभापति देउवाले आफूले अनुशासनहीन काम गरेको भन्ने उजुरी भ्रमपूर्ण रहेको बताए ।
‘त्यो भ्रमपूर्ण हो’, उनले भने–‘जसले उजुरी हालेको छ । उसैसँग सोध्नुस् ।’
सभापति देउवाले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरेका छन् । ‘रेलिङ्ग भाच्ने र तोडफोड मात्रै गर्ने प्रतिपक्षको काम होइन’, उनले भने, ‘हरेक ठाउँबाट कम्युनिस्ट सरकारको विरोध भइरहेको छ । गलत कुरालाई कांग्रेसले संरक्षण गर्दैन । अराजक प्रदर्शन गर्ने काम कांग्रेसको होइन ।’
‘सधैँ रेलिङ्ग भाच्ने काम हाम्ले गर्या छैन् । फेरि चाहनुहुन्छ भने त्यो पनि गरौँला नी’, देउवाले भने, ‘तर तोडफोड गर्ने काम हामीबाट हुँदैन, रेलिङ्ग भाच्ने, आगो लगाउने, तोडफोड गर्ने काम त गलत कुरा हो ।’
देउवाले जनमत संग्रहको नाममा देश टुक्र्याउन नपाइने बताएका छन् । कम्युनिस्ट सरकारले सीके राउतसँग गरेको जनअभिमत सहमतिको देउवाले आलोचना गरे ।
‘उसले जनमत संग्रह नै भन्या हो भन्छन् कुरा के हो सरकारले भन्नुपर्छ’, उनले भने, ‘तर देश टुक्राउन पाइदैन, सीके राउत अथवा विप्लव सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ ।’
यसैबीच, नेपाली कांग्रेसका सभापति देउवाले लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा निर्माण हुन थालेको विपी स्मृति भवनको शिलान्यास गरेका छन् ।
लमही नगरविकास समितिले उपलब्ध गराएको दुई कठ्ठा जग्गामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ लाखको बजेटमा उक्त भवन बन्न थालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत