भागबण्डामा न्यायाधीश नियुक्तिको सिफारिस (नाम)
काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस गरेको छ ।
परिषदको सोमबार बसेको बैठकले प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मा न्यायाधीशका लागि सिफारिस भएका छन् । फुयाँल पूर्वएमाले निकटका कानून व्यवसायी हुन् ।
उच्च अदालतको मुख्य न्यायाधीशबाट ढुंगाना र माथेमा, कानून व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम परिषदले सिफारिस गरेको छ ।
परिषदले पूर्व अतिरिक्त न्यायाधीश, जिल्ला न्यायाधीश, न्याय समूह, कानून समूह र कानून व्यवसायीलाई समेट्दै नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा बसेको परिषद् बैठकले न्याय सेवाका विशिष्ट श्रेणीबाट नायव महान्यायाधीवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई हैटौंडा र कानून मन्त्रालयका उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ ।
साविक पुनरावेदन अदालत पूर्व अतिरिक्तबाट निलम पौडेल परेका छन् । जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेज आजात, बालमुकुन्द दवाडी र नगेन्द्रलाभ कर्ण रहेका छन् ।
कानून व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया सिफारिसमा परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत