रामचन्द्र पौडेलद्वारा बारा–पर्साका बिरामीहरूसँग भेट
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हावाहुरीका कारण गम्भीर घाइते भएर काठमाडौंमा उपचार गराइ रहेका बिरामीहरूसँग भेट गरेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
नेता पौडेल मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पुगेर उपचार गराइरहेकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएका घाइतेहरूलाई नेता पौडेलले भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
उनले घाइतेहरू गीता देवी, महम्मद मियाँ, समिना खातुन, किशन पटेल, अमन पटेल, सुरेश पटेल, मनोज अन्सारीलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको वरिष्ठ नेता पौडेलका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार नेता पौडेलले घाइतेका आफन्तसँग घटनाका बारेमा समेत जानकारी लिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत