बारा–पर्सामा उद्धार र राहतका लागि देउवाले खटाए नेताहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जनभन्दा बढी व्यक्तिहरूको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति दुःख प्रकट गरेका छन् ।
देउवाले सोमबार अपील जारी गर्दै भनेका छन्, ‘प्राकृतिक विपदका कारण दिवंगत भएका सबैप्रति मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु ।’ उनले शोक सन्तप्त परिवार तथा आफन्तजनहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
‘यस विपदमा परी घाइते भएकाहरूको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरूका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न म नेपाल सरकालाई आग्रह गर्दछु’, देउवाले भनेका छन् ।
‘नेपाली कांग्रेस पार्टी र मेरो समेत प्रतिनिधित्व गर्दै प्रभावित क्षेत्रमा पार्टीका उपसभापति विमलेन्द्र निधि पुग्दै हुनुहुन्छ’, देउवाले भनेका छन्, ‘उहाँका साथै सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू एवं प्रदेश नं. २, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरू, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरूलाई समेत घाइतेको उद्धार, पुनर्स्थापना र राहतमा जुट्नका लागि निर्देशन गरिएको छ ।’
देउवाले भनेका छन्, ‘मानवीय संवेदनाको यस दुःखद् घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आम दिदीबहिनी तथा दाजुभाइहरूमा समेत हार्दिक अपील गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत